logo
२०८० चैत्र १६ शुक्रवार



दस्तखत र छाप किर्ते गरी ठगी गर्ने पक्राउ

खुला |
प्रदेश |


दस्तखत र छाप किर्ते गरी ठगी गर्ने पक्राउ


धीरेन्द्रप्रसाद साह
जनकपुर, माघ १४ गते । सरकारी दस्तखत छाप किर्ते गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका १ बस्ने सतार मियाको छोरा २५ वर्षिय शहादत राइन रहेका छन् ।

पक्राउ परेको राइनले स्थानीय बबलु पासमान, पारसकुमार पासवान र दिपेशकुमार पासमानको नाउँमा आईटी सुपरभाईजर पदको नियुक्ती्पत्र, मासिक तलब र सो पद सम्बन्धी उम्मेदवारको सम्झौतापत्र सडक डिभिजन जनकपुर मधेस प्रदेशको लेटरप्याड तयार गरी सो प्याडमा सरकारी दस्तखत छाप किर्ते गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

राइनले सो वापत तीनै जना पारस, बबलु र दिपेशसँग जनही दुई लाख रुपियाँका दरले रकम लिई किर्ते कागज तयार गरेर ठगी गर्ने मनसायले नियुक्तीपत्र समेतको कागजातहरू दिएको कुरा प्रहरी समक्ष बताएको धनुषा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपककुमार रायले जानकारी दिनुभयो ।

धनुषा जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा शिर्षकमा १० दिनको म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?