logo
२०८० चैत्र १६ शुक्रवार



पछिल्लो २४ घण्टामा साढे पाँच लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

स्वास्थ्य |


पछिल्लो २४ घण्टामा साढे पाँच लाख बढीले लगाए कोरोनाविरुद्धको खोप


काठमाडौं, माघ १३ गते । पछिल्लो २४ घण्टामा पाँच लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार एक करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । साथै एक करोड ६४ लाख ५८ हजार ४७५ जनाले एक मात्रा खोप लगाएका छन् ।

त्यस्तै, पछिल्लो समय सरकारले दिन थालेको अतिरिक्त मात्रा खोप दुई लाख ८२ हजार ७२४ जनाले लगाएका छन् ।

यसैगरी, बुधबार दुई लाख ५६ हजार ४१६, मंगलबार दुई लाख ३९ हजार ८५१, सोमबार एक लाख १९ हजार ३७१ र आइतबार ४९ हजार ४७३ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

मन्त्रालयले अहिलेसम्म नेपाललाई कुल चार करोड २० लाख ४९ हजार ६४० डोज खोप प्राप्त भएको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?