logo
२०८१ बैशाख ७ शुक्रवार



भेरी अस्पतालमा थप एक जना संक्रमितको मृत्यु

स्वास्थ्य |
प्रदेश |


भेरी अस्पतालमा थप एक जना संक्रमितको मृत्यु


सिराज खान
नेपालगञ्ज, माघ १३ गते । कोरोना संक्रमणबाट भेरी अस्पतालमा विहिबार थप एक जनाको मृत्यु भएको छ । गत तीन दिनमा सो अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन समिति बाँकेले जनाएको छ ।

जिल्ला कोभिड ब्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले दिनुभएको जानकारीअनुसार पचालझरना– १ कालिकोट निवासी ६० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना हुनुभएका ती महिलाको माघ ९ गते पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य अवस्था विग्रदै गएपछि माघ १० गते भेरी अस्पतालमा भर्ना गरिएको ओलीले बताउनुभयो ।

उपचारकै क्रममा ती महिलाको बिहीबार बिहान ३ः५५ बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । यसअघि बुधबार पनि भेरी अस्पतालमा दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । मंगलवार पनि एक जनाको मृत्यु भएको थियो ।

जिल्ला कोभिड व्यवस्थापन समितिकाअनुसार यो संगै जिल्ला बाहिरबाट उपचारका लागि बाँके आएका ४४० जनाको मृत्यु भएको छ । यस्तै संक्रमणबाट बाँकेका मात्रै ३४६ जनाको मृत्यु भएको समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?