logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रियसभा निर्वाचनः मध्यरातदेखि मौन अवधि

सामाजिक सञ्जालमा समेत मत माग्न नपाइने

मुख्य समाचार |
राजनीति |


राष्ट्रियसभा निर्वाचनः मध्यरातदेखि मौन अवधि
फाइल तस्बिर


काठमाडौं, माघ ९ गते । माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिभर निर्वाचन प्रसारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामाग्री हटाइनुपर्नेछ ।

आयोगका अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने आयोगले जनाएको छ ।

उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले राष्ट्रियसभा सदस्य निर्वाचनमा मौन अवधि र मतदाता पहिचान सम्बन्धमा विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताउनुभएको हो ।

आयोगले निर्वाचन प्रयोजनका लागि निर्वाचन मण्डलको अन्तिम मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदानका लागि आवश्यक कागजपत्र तय गर्न भनेको छ । मतदानको व्यवस्था मिलाउनका लागि सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत आयोगले दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?