logo
२०८० चैत्र १६ शुक्रवार

  दैनिक नयाँ रेकर्डमा कोरोना संक्रमण  



आठ लाख ८७ हजारमा कोरोना पुष्टि : कुन उमेर समूहका कति संक्रमित ?

स्वास्थ्य |
मुख्य समाचार |


आठ लाख ८७ हजारमा कोरोना पुष्टि : कुन उमेर समूहका कति संक्रमित ?
फाइल तस्बिर


काठमाडौं, माघ ६ गते । नेपालमा दैनिक कोरोना संक्रमणले रेकर्ड तोड्दै आएको छ । एक हप्तामा २७.३ प्रतिशतले कोरोना संक्रमण बढेको स्वास्थ्य तथा जसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या आठ लाख ८७ हजार ७६९ जना पुगेको छ। संक्रमण सुरु भएदेखि अहिलेसम्म बालकदेखि वृद्धसम्म संक्रमित भएका छन् ।

२४ घण्टाका कुन उमेर समूहका कति संक्रमित ?
२४ घण्टामा संक्रमित हुनेमध्ये १० वर्ष उमेर समूहका १८९, ११ देखि २० वर्ष उमेर समूहका ५८८, २१ देखि ३० वर्ष उमेर समूहका ३ हजार ५५४, ३१ देखि ४० वर्षका २६ सय १५, ४१ देखि ५० वर्ष उमेरका १४ सय ५५, ५१ देखि ६० उमेरका ९ सय २२, ६१ देखि ७० वर्षका ४३१, ७१ देखि ८० वर्षका १८५, ८० वर्ष माथिका ६९ र उमेर नखुलेका ४४ जना रहेका छन् ।

कुन उमेर समूहका कति संक्रमित ?
अहिलेसम्म संक्रमित हुनेमध्ये अहिलेसम्म सबै भन्दा बढी संक्रमित २१ वर्षदेखि ३० वर्ष उमेर समूहका रहेका छन् । यो उमेर समूहका दुई लाख १५ हजार ६७०, २१ देखि ३० उमेर समूहका दुई लाख लाख १३ हजार ७८३ जना संक्रमित भएका छन् । त्यस्तै १० वर्ष उमेर समूहका २० हजार ४०४ जनामा कोरोना पृष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ११ वर्ष देखि २० वर्ष उमेर समूहका ६० हजार १३४, ४१ देखि ५० वर्ष उमेर समूहका एक लाख ४९ हजार १०५, ५१ देखि ६० वर्ष उमेरका १ लाख ८ हजार ५६४, ६१ देखि ७० उमेर समूहका ६१ हजार १५१, ७१ देखि ८० उमेर समूहका ३१ हजार ४९१ पुगेको छ। त्यस्तै ८० वर्षमाथि उमेर समूहका १३ हजार ५९० जना संक्रमित भएका छन् । उमेर नखुलेका ३ हजार ८२५ जना संक्रमित भएका छन् ।

हटस्पट बन्दै काठमाडौँ
पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर बढ्दो क्रममा गइरहेको छ । यो लहरले काठमाडौं उपत्यकालाई हटस्पट बनाउदै गएको छ। नेपालमा २४ घण्टामा आरटी पसीसीआर र एन्टिजेन परीक्षणबाट काठमाडौं उपत्यकामा मात्रै ६ हजार ९८१ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ३७ हजार ९३ जना संक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ६४.७ प्रतिशत काठमाडौँ उपत्यमा छन् । तेस्रो लहरले काठमाडौं उपत्यकालाई हटस्पट गराउने देखिएको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले जानकारी दिनुभयो ।  ‘पहिलो र दोस्रो लहरमा भारतसँग सिमान जोडिएका जिल्लालाई कोरोनाले हटस्पट बनाएको थियो तर अहिले काठमाडौँलाई नै पहिले हटस्पट बनाउने देखिएको छ । अझ त्यसको नतिजा हेर्न बाँकी छ ।’

सक्रिय संक्रमित कति ?
देशमा सक्रिय संक्रमितको संख्या बढेर ५७ हजार ३२८ पुगेको छ। प्रदेश १ का इलाम ५०, उदयपुरमा ७५, ओखलढुंगा ५२, खोटाङ ७६, झापा ७०६, तेह्रथुम १८, धनकुटा ७२, पाँचथर २८, भोजपुर ६२, मोरङ १९३७, संखुवासभा ३५, सुनसरी १३३४ सोलुखुम्बुमा ३५ जना संक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै मधेस प्रदेशको धनुषा ४४४, पर्सा २३७,बारा २००, महोत्तरी १७९, रौतहट ८९, सप्तरी २५७, सर्लाही २३८, सिराहा २३८ रहेका छन् ।

बाग्गती प्रदेशमा काठमाडौँमा २२०३०, काभे्र ७६०, चितवन ११७, दोलखा १११, धादिङ १५६, नुवाकोट २२३, भक्तपुर २९५२, मकवानपुर ८९६, रसुवा १७, रमेछाप ११२, ललितपुर ५५२६, सिन्धुपाल्चोक १५६, सिन्धुली १४२ जना संक्रिय संक्रमित रहेका छन् ।

गण्डकी प्रदेशमा कास्कीमा १६४७, गोरख २०८, तनहुँमा १७३, नवलपरासी पुर्वमा ४१३, पर्वत ८७, मनाङ २, मुस्ताङ ४, म्याग्दी ४८, लमजुङ १०३, बाग्लुङ १५५, स्याङजा १८७ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा अर्घाखाँचीमा १०२, कपिलवस्तु ७१, गुल्मी १२२, दाङ २५१, नवलपरासी ८०, पाल्पा १३३, प्युठान ४६, बर्दिया १२३ बाँके ५३३, रुकुम पूर्व ३० , रुपन्देही ११२२, रोल्पा ६२ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, कर्णाली प्रदेशमा कालिकोट १४, जाजरकोट १४, जुम्ला ३५, डोल्पा ९, दैलेख ३५, मुगु ८, रुकुम पश्चिम १२, सल्यान २७, सुर्खेत १६४, हुम्ला ७ जना संक्रिय संक्रमित रहेका छन् । सूदूरपश्चिममा अछाम ४१, कन्चनपुर १९७, कैलाली ८६२, डडेल्धुरा ४१, डोटी २२, दार्चुला २५, बझाङ ३१, बाजुरा १५, बैतडी ७३ जना संक्रिय संक्रमित रहेका छन् ।

१४ जिल्लामा पाँच सय बढी संक्रिय संक्रमित
मोरङ, सुनसरी ,झापा, धनुषा, काठमाडौँ, ललितपुर भक्तपुर, चितवन, मकवानपुर, काभे्रे, कास्की, बाँके रुपन्देही, कैलाली गरेर १४ जिल्लामा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।ा पर्सा, बारा, महोतरी सप्तरी ,सर्लाही, सिराहा, नुवाकोट, नवलपरासी पुर्व गोरखा तनहुँ, स्याङजा, दाङ, सुरखेत कन्चनपुरमा दुई सय बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये देशभर गरेर १८६ जना आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

११ हजार बढीको मृत्यु, कुन उमेर र समूहका कति ?
संक्रमणदर ह्वात्तै बढे पनि मुत्युदर भने स्थिर रहेको मन्त्रालयको तथ्याकलले देखाएको छ। हालसम्म ११ हजार ६३२ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्। सबै भन्दा बढी ६० वर्ष देखि ६९ वर्ष उमेर समूहका संक्रमितको नेपालमा मृत्यु भएको छ।
० देखि ९ वर्ष उमेर समूहका ४९, १० देखि १९ वर्ष उमेर समूहका ५७, २० देखि २९ उमेर समूहका ३६२, ३० देखि ३९ उमेर समूहका ९४३, ४० देखि ४९ उमेर समूहका १६ सय ३९, ५० देखि ५९ उमेर समूहका २२ सय ५३, ६० देखि ६९ उमेर समूहका २४ सय ३६, ७० देखि ७९ उमेर समूहका २३०६, ८० वर्ष माथिका १५७४, उमेर नखुलेका १३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

दैनिक २० हजार संक्रमित थपिने अनुमान
माघको तेस्रो साता नेपालमा दैनिक सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा बढी हुनसक्ने पीसीआर विधिको आधारमा अनुमान सरकारले गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले जानकारी दिनुभयो । ‘पीसीआर विधिबाट गरिएको परीक्षणको आधारमा माघको तेस्रो सात सङ्क्रमित २० हजारसम्म पुग्छ भनेर अनुमान गरेका छौँ । त्यस्तै, एन्टिजेन परीक्षण गर्दा यो सङ्ख्या अझै बढ्न सक्छ,’ डा. पौडेलले भन्नुभयो ।

उहाँका अनुसार सरकारले दैनिक सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा बढी देखिएसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्यामा पनि बढ्ने अनुमान गरेको छ । ‘करिब १३ हजार सङ्क्रमित व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९५ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको सङ्क्रमण देखिने अनुमान सरकारले गरेको छ,’ उहाँले भन्नुभयो । त्यस्तै ९ हजार ८४८ मा भने सामान्य लक्षण मात्रै देखिने सरकारको अनुमान छ । सङक्रमणदर बढेसँगै विस्तारै ओरोलो लाग्ने अनुमान गरेको डा. पौडेलले जानकरी दिनुभयो ।

कोरेना संक्रमण भएदेखि अहिलेसम्म आरटी पीसीआर विधिबाट ८ लाख ७७ हजार ७१७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये तीन लाख ५९ हजार ३५४ जना महिला र पाँच लाख १८ हजार ३६३ पुरुष रहेका छन् ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?