logo
२०८० चैत्र १६ शुक्रवार

  दृश्य समाचार  



बुष्टर डोज पूर्णमात्राकै खोप लगाउनु उपयुक्त

बुष्टर डाेजमा कुन खोप लगाउने ?

स्वास्थ्य |
भिडियो |


बुष्टर डोज पूर्णमात्राकै खोप लगाउनु उपयुक्त


काठमाडौं, माघ ६ गते । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ समुदायस्तरमा फैलियसँगै कोरोना नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ । नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि संंक्रमितको ग्राफले रेकर्ड तोड्दै आएको छ । सरकारले माघ २ गतेदेखि ज्येष्ठ नागरिक र अग्रपङ्तिमा काम गर्नेलाई अतिरिक्त मात्र (बुष्टर डोज) खोप लगाउन सुरु गरेको छ ।

माइक्रोबायोलोजिस्ट डा. प्रकाश घिमिरे पूर्ण मात्र जुन खोप लगाएको हो बुष्टर त्यही लगाउन सुझाव दिनुहुन्छ । फरक खोप प्रयोग गर्दा एन्टिबढी राम्रोसँग विकसित हुन्छ भन्ने विषय अध्ययनकै क्रममा रहेको भन्दै उहाँले उही खोप प्रयोग गर्न सुझाव दिनुभएको छ ।

कोरोना महामारी अहिलेका लागि नयाँ भए पनि विश्वले यस्ता थुप्रै महामारी सामना गरेको छ । जनावरबाट मानिसमा सरेर फैलिने महामारीको आयु पाँच वर्षसम्मको हुने घिमिरे बताउनुहुन्छ । कोरोनासमेत पाँच वर्षसम्ममा संक्रामक हुन नसक्ने अवस्थामा पुग्ने उहाँको भनाइ छ । ‘जनावरबाट मानिसमा सरेका महामारी निम्त्याउने भाइरस तीनदेखि पाँच वर्षमा कुनै संक्रमण गर्न नसक्ने अवस्थामा पुगेको इतिहास छ’, डा. घिमिरे भन्नुहुन्छ, ‘यो भाइरस विस्तारै कम संक्रामक हुन्छ ।’ विष्णु पाण्डेयमनोजरत्न शाही तयार पार्नुभएको दृश्य समाचार 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?