logo
२०८० चैत्र १५ बिहीवार



महिला हक्कीमा मधेस प्रदेशको जित

खेलकुद |


महिला हक्कीमा मधेस प्रदेशको जित


काठमाडौँ, माघ ५ गते । मधेस प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बुधबार जित निकालेको छ । समूह ‘ए’ को लिग खेलमा मधेसले प्रदेश १ लाई २–० गोलले हरायो । मधेसका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले गोल गर्नुभयो । गीता ‘वुमन अफ दि म्याच’ घोषित हुनुभयो ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको समूह ‘बी’ को अर्को लिगमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले गोलरहित बराबरी खेले । गण्डकी प्रदेशकी कमलादेवी घर्तीपुन ‘वुमन अफ दि म्याच’ चुनिनुभयो ।

प्रतियोगितामा ६ टिम सहभागी छन् । समूह ‘ए’ मा साविक विजेता नेपाल आर्मी, मधेस र प्रदेश १ तथा समूह ‘बी’ मा सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सहभागि छन् । आर्मी पहिलो संस्करणको पनि विजेता हो । फाइनल खेल माघ ८ गते हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?