logo
२०८० चैत्र १६ शुक्रवार



कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा के गर्ने ?

स्वास्थ्य |


कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा के गर्ने ?


काठमाडौं, माघ ५ गते । सरकारले कोरोना सङ्क्रमणलाई विचार गर्दै माघ ७ गतेबाट सर्वाजनिक स्थलमा प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ ।

यसका साथै मन्त्रालयले बुस्टर डोज खोप लगाउन पनि पहिले लगाएको खोप कार्ड अनिवार्य गरेको छ ।

केही व्यक्तिहरुले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै हराएको खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको जनाकारी दिएको छ ।

मन्त्रालयका अनुसार हराएको खोप कार्ड तीन तरिकाबाट लिन सकिन्छ ।

मन्त्रालयले पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने बताएको छ ।

दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

त्यसैगरी, पहिलो मात्रामात्र खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयले व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?