logo
२०८१ बैशाख १२ बुधवार

  दृश्य समाचार  



'तीव्र गतिमा बढेको संक्रमण केही दिनमै ओरालो लाग्छ'

स्वास्थ्य |
भिडियो |


'तीव्र गतिमा बढेको संक्रमण केही दिनमै ओरालो लाग्छ'


सिर्जना खत्री, दृश्यमा मनाेजरत्न शाही 

काठमाडौं, माघ ४ गते । नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबार कोरोना संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। मन्त्रालयको तथ्यांक अनुसार मंगबार २४ घण्टामा आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा एकै दिन १० हजार २५८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयले आधिकारी रुपमा तेस्रो लहर फैलिएर बताएको छैन । यता स्वास्थ्यविज्ञले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भइसकेको बताउदै आएका छन् । ओमिक्रोनको संक्रमण भित्रभित्रै समुदायस्तरमै पुगिसकेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

‘सरकारले पुस महिनामा जाँच गरेकोमध्ये २२ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो’, पुन भन्नुहुन्छ, ‘त्यसले पनि भेरियन्ट समुदायमा फैलिसकेको छ भन्ने देखाउछ ।’ पछिल्लो समय अस्पताल आएका संक्रमितमा पहिलेजस्तो कडा लक्षण नदेखिएकोले अतालिनु पर्ने अवस्था नभएको उहाँको भनाइ छ ।

डा. पुनका अनुसार अस्पतालमा आउने अधिकाशं संक्रमितमा मन्द ज्वरो आएको, रुघाखोकी लाग्ने, घाँटी, टाउको, ढाड दुख्ने, थकान महसुस हुने यस्तै कमन कोल्ड लक्षण रहेका छन् । ‘संक्रमण प्रत्येक घर घरमा पुगेको छ । सबै परिवारलाई कोरोना पोजेटिभ आएको छ । धेरैले के गर्ने होला भनेर फोन गरेर परामर्श लिने गनुहुन्छ’, उहाँले भन्नुभयो । डा पुनका अनुसार संक्रमितमध्ये अधिकांश खोप लगाएका भए पनि उनीहरूको आफ्नो घरको अन्य सदस्यमा संक्रमण देखिने डरमा पीसीआर गर्ने गरेका छन् ।

अस्पतालमा बिरामीको लक्षण र अन्तर्राष्ट्रिय अध्ययन हेर्दा ओमिक्रोन धेरै छिटो फैलिए पनि घातक नभएको पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यो भेरिएन्ट लिएर आउने अधिकाशं बिरामी दुई/तीन दिनभित्र लक्षण मुक्त भएको पाइएको छ। अस्पताल भर्ना भएकाहरुमध्ये थोरै संक्रमितमात्रै अक्सिजन र आइसीयू आवश्यक पर्ने डा. पुनले जानकारी दिनुभयो । नयाँ भेरियन्ट र यसको असरका विषयमा डा. पुनसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्रीमनोजरत्न शाहीले गर्नुभएको कुराकानी :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?