logo
२०८१ बैशाख १३ बिहीवार



सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार नाघ्यो, १२ जिल्लामा ५ सय बढी

स्वास्थ्य |


सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार नाघ्यो, १२ जिल्लामा ५ सय बढी


काठमाडौं, माघ ४ गते । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै २४ हजार ५७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये ३७ हजार ८२६ जना होम आइसोलेसन रहेका छन् । त्यस्तै मन्त्रालयका अनुसार एक हजार २१८ जना संस्थागत आइसोलेसन रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसियूमा १५१ र भेन्टिलेटरमा २८ जना उपचाररत छन् ।

प्रदेश अनुसार प्रदेश १ मा २३ जना आइसियू र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा तीन जना आइसियूमा, बागमती प्रदेशमा ९७ आइसियुमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, गण्डकी प्रदेशमा ११ जना आइसियूमा उपचाररत रहेका छन् । लुम्बिनी प्रदेशमा १३ जना आइसियुमा, कर्णाली प्रदेशमा एक जना आइसियूमा उपचररत रहेका छन् । सुदूरपश्चिममा तीन जना आइसियू र दुईजना भेनन्टलेटरमा उपचाररत रहका छन् ।

मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलानचोक, कास्की, रुपन्देही र कैलाली गरी १२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कन्चनपुर गरी छ जिल्लामा दुईभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?