logo
२०८१ बैशाख ७ शुक्रवार

  ३९ हजार ४४ जना सक्रिय सङ्क्रमित  



२४ घण्टामा थप आठ हजार ७३० जना सङ्क्रमित, एकको मृत्यु

स्वास्थ्य |


२४ घण्टामा थप आठ हजार ७३० जना सङ्क्रमित, एकको मृत्यु


काठमाडौं, माघ ४ गते । पछिल्लो २४ घण्टामा आठ हजार ७३० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १७ हजार ८७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ९५६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ५२८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म ३९ हजार ४४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार १४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?