logo
२०८१ बैशाख ५ बुधवार



बढ्दै कोरोना ग्राफ : एक सातामा ९.२ प्रतिशत संक्रमित थपिए

स्वास्थ्य |
मुख्य समाचार |


बढ्दै कोरोना ग्राफ : एक सातामा ९.२ प्रतिशत संक्रमित थपिए



काठमाडौँ, पुस २८ गते । नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार नेपालमा एक हप्तामा ९.२ प्रतिशले कोरोना संक्रमित बढेका छन् ।

डा. मिश्राका अनुसार एक हप्तामा ६२ हजार ७५५ जनाको आरटी पीसीआर परीक्षण गरेकोमा ८ हजार ७३३ जनामा कोरोना पुष्टि भएको छ । जुन अघिल्लो साताको तुलनामा ९.२ प्रतिशले बढी हो । यो हप्तामा परीक्षण भएकामध्ये १३.३ प्रतिशतमा कोरोना पृष्टि भएको छ । गत हप्ता ४९ हजार ८७७ अरटी पीसीआर परीक्षण गर्दा दुई हजार ३० जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै एन्टीजन परीक्षण गर्दा ६.७ प्रतिशतले कोरोना संक्रमित बढेको डा. मिश्राले जानकारी दिनुभयो । एक हप्तामा २९ हजार ७०९ सय एन्टिजेन परीक्षण गर्दा २ हजार २२७६ जनामा संक्रमण पुष्टि भएको छ। गत हप्ता २८ हजार ५६१ एन्टीजेन परीक्षणमा गर्दा ९८ जनामा कोरोना पुष्टि भएको थियो ।

नेपालमा आरटी पीसीआर गर्दा देशभरबाट गत बुधबार ३६०, बिहीबार ४७८, शुक्रबार ५७२, शनिबार ६९६, आइतबार ८४१, सोमाबार १३ सय ५७, मंगलबार १९ सय ९१ र बुधबार २४ सय ४८ जनामा कोरोना पृष्टि भएको थियो ।

एक हप्तामा गत बुधबार २३९, बिहीबार २७१, शुक्रबार २६२, शनिबार २९७, आइतबार २२४, सोमबार २२५, मंगलबार ३१३ बुधबार २७८ गरेर दुई हजार १०९ जना संक्रमणमुक्त भएका थिए । त्यस्तै ८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

उपत्यकामा पाँच हजार भन्दा बढीमा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा मात्रै एक हप्तामा उपत्यकामा पाँच हजार ६८० जनामा कोरेना पृष्टि भएको छ । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा ४ हजार ३४२, भक्तपुरमा ४०५, ललितपुर ९३३ जना संक्रमित एक हप्तामा थपिएका छन् । बुधबार काठमाडौँ उपत्यकामा १४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११ सय २८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना संक्रमित रहेका छन् ।

त्यस्तै गत बुधबार काठमाडौंमा २०१, भक्तपुरमा १८ र ललितपुरमा २६ गरेर २४५ जना संक्रमित थपिएका थिए । बिहीबार काठमाडौंमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ जना गरेर ३१० जना संक्रमित थपिएका थिए।

मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ गरेर ३६९ जना संक्रमित थपिए । त्यस्तै शनिबार काठमाडौंमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ जना गरेर ५८१ जना संक्रमित थपिएका छन् ।

गत आइतबार काठमाडौंमा ४९१, भक्तपुरमा २५ र ललितपुरमा ९९ जना गरेर ६१५ जना संक्रमित थपिएका छन् । सोमबार मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना गरेर ८७६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै मंगलबार मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जना गरेर १२ सय ५६जना संक्रमित थपिएका थिए। बुधबार मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा ११ सय २८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना गरेर १४ सय ९८ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा अहिलेसम्म दुई लाख ६० हजार ६१० जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा दुई लाख ५३ हजार ८५७ जना निको भएका छन् भने दुई हजार २४२ जनाको मृत्यु भएको छ । काठमाडौंमा ४ हजार ५११ जना संक्रिय संक्रमित रहेका छन् । भक्तपुरमा अहिलेसम्म ३० हजार ८४४ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा २९ हजार ५८१ जना निको भएका छन् भने ४३८ जना संक्रमितको मृत्यु भएको छ । भक्तपुरमा ८२५ जना संक्रिय संक्रमित रहेका छन् ।

ललितपुरमा अहिलेसम्म ५२ हजार ३४१ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा ५० हजार ३३५ जना निको भएका छन् भने ७१० जना संक्रमिको मृत्यु भएको छ । ललितपुरमा एक हजार २९६ जना संक्रिय संक्रमित रहेका छन् । नेपालमा अहिलेसम्म आठ लाख ३८ हजार ३७५ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा आठ लाख १५ हजार ७६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ११ हजार ६०९ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

देशभरमा ११ हजार ६९०जना संक्रिय संक्रमित रहेका छन् । जसमा ८७ जना संक्रमितको आईसीयू र २२ भेन्टिलेटरमा उपचाररत रहेका छन् । सरकारले अहिलेसम्म दुई करोड ६७ लाख ९९ हजार ७२४ मात्रा खोप लगाइएको छ।

जसमा कुल जनसंख्याको ५०.५ प्रतिशतले एक मात्रा ३७.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । लक्षित जनसंख्याको ७६.९ प्रतिशले एक मात्रा र ५७.६ प्रतिशले पूर्णमात्रा खोप लगाएका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?