logo
२०८१ बैशाख १३ बिहीवार

  दृश्य समाचार  



कपाल प्रत्यारोपणको विधि के हो, कसरी गरिन्छ ?

स्वास्थ्य |
भिडियो |


कपाल प्रत्यारोपणको विधि के हो, कसरी गरिन्छ ?


दृश्यमा मनोजरत्न शाही र केशब गुरुङ्ग
काठमाडौं, पुस १३ गते । स्वस्थ र सुन्दर कपाल महिला र पुरुष दुवैको पहिचान हो । हाम्रो समाजमा कपाल झरेर मानिसको स्वरुप नै परिवर्तन भएका थुपै व्यक्ति देख्न सकिन्छ । विशेष गरेर पुरुषलाई कपाल झरेर ताक्ले हुने समस्याले सताउने गरेको छ ।

कपाल झरेर स–साना बालबालिका साथीभाइले जिस्काउने डरले टाउँकोमा क्याप, रुमाल बाँधेर हिड्ने गरेको देख्न सकिन्छ । धेरै युवाहरुले स्वास्थ्य र सुन्दर कपाल उमार्नका लागि विभिन्न प्रकारका औषधि लगाएर समय र पैसा फालिरहेका हुन्छन् । जतिसुकै खर्च गरे पनि कपाल नआएको गुनासो कतिपयको हुन्छ । तर, पछिल्लो समय चिकित्सा विज्ञानले झरेको कपाल रोप्न मिल्ने प्रविधिको विकास गरिसकेको छ । जुन छोटो समयमै विश्वमै प्रचलित भइसकेको छ । नेपालमा यो प्रविधि प्रयोग गर्नेको संख्या बढ्दै गएको छ ।

आवरण स्किन क्लिनिकका वरिष्ठ छाला सौन्दर्य तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. रुपक घिमिरेले नेपालमा कपाल प्रत्यारोपणमा संलग्न हुनुहुन्छ । हामीले डा. घिमिरेसँग कपाल प्रत्यारोपण विधि के हो ? कपाल प्रत्यारोपण कसरी गरिन्छ ? कपाल प्रत्यारोपण कति समय लाग्छ ? कपाल प्रत्यारोपण कति सुरक्षित छ ? कपाल प्रत्यारोपण गर्न कति खर्चिलो छ ? भन्ने प्रश्न गरेका छौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?