logo
२०८१ बैशाख ८ शनिवार



२४ घण्टामा ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

स्वास्थ्य |


२४ घण्टामा ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप


काठमाडौं, मङ्सिर २३ गते । पछिल्लो २४ घण्टमा तीन लाख बढीलाई कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयले २४ घण्टामा तीन लाख ३७ हजार १७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ । यद्यपी, सरकारले दैनिक दुई लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

त्यस्तै बुधबार दुई लाख ८३ हजार १३२ जानाले खोप लगाएका थिए भने मंगलबार एक लाख २७ हजार ७५३ जनाले खोप लगाएका थिए । यसैगरी, सोमबार एक लाख छ हजार ६१० जनाले, आइतबार ५७ हजार ९३० जनाले, शनिबार एक लाख ३० हजार ६८८ जनाले र शुक्रबार एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९९ लाख ५ हजार ५०१ मात्रा खोप लगाइएको छ ।

जसमध्ये एक करोड आठ लाख ४६ हजार ९१९ जनाले पहिलो मात्रा र ९० लाख ५८ हजार ५८२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै १८ वर्ष वा सोभन्दा माथिका लक्षित जनसङ्ख्यामा ५४.४ प्रतिशतले एक मात्रा र ४५.५ प्रतिशत पूर्ण मात्रा खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?