logo
२०८१ बैशाख ६ बिहीवार



मिर्गौलापीडित रानालाई १३ लाख रुपियाँ हस्तान्तरण

स्वास्थ्य |
प्रदेश |


मिर्गौलापीडित रानालाई १३ लाख रुपियाँ हस्तान्तरण


रेखीराम राना
पाल्पा, मङ्सिर २० गते । फेसबुक पेज निस्दी आवाज युवा सञ्जालको माध्यम्बाट मिर्गौलापीडित युवकका लागि सङ्कलित रकम हस्तान्तरण गरिएको छ । ‘अप्ठ्यारोमा हामी सँगसँगै अभियान’ मार्फत सञ्जालले मिर्गौला पीडित निस्दी–२, सहलकोटका १८ वर्षीय बादल रानाको लागि १३ लाख ४९ हजार सात सय ७० रुपियाँ सङ्कलन गरेको थियो ।

सङ्कलित सहयोग रकम गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले रानाका बुवा भक्तबहादुरलाई हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण गर्नुहुँदै अध्यक्ष सारुले स्थानीय सरकारले गर्न नसकेको काम निस्दी आवाज युवा सञ्जालले गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

अध्यक्ष सारुले युवाको सक्रियताले नै समाजमा देखिएका समस्या समाधान गर्न सकिने उदाहरण युवा सञ्जालले प्रस्तुत गरेको बताउनुभयो । युवा सञ्जालले सङ्कलन गरेको रकमबाट आफ्नो छोराले नयाँ जीवन पाउने विश्वास भक्तबहादुरले गर्नुभयो ।

कक्षा १२ मा अध्यनरत रानाको दुबै मिर्गौलाले काम नगर्ने भएपछि छ महिनादेखि तानसेन र बुटवलमा डायलाशिल हुँदैआएको छ । मिर्गौला प्रत्यारोपण गर्न र उपचार खर्च अभाव भएपछि युवा सञ्जालले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गर्ने अभियान चलाएको अभियानका संयोजक अनुराग सुनारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?