logo
२०८१ बैशाख १३ बिहीवार



त्रिवेणी स्वास्थ्यचौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना

स्वास्थ्य |
प्रदेश |


त्रिवेणी स्वास्थ्यचौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना


कमल शर्मा
दैलेख, मङसिर २० गते । नारायण नगरपालिका –५ सोतमा रहेको त्रिबेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरिएको छ । गोरखापत्र राष्ट्रिय दैनिकमा गत मङ्गलवार “निःशुल्क मनोसामाजिक परामर्श” शीर्षकको समाचार प्रकाशन भएपछि त्यहाँका मानसिक समस्या भएका नागरिकलाई निःशुल्क परामर्श दिन परामर्श कक्ष स्थापना गरिएको हो ।

मनोसामाजिक परामर्श कक्षको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले उदघाटन गर्नुभयो । परामर्श कक्षको स्थापना गर्दै मानसिक समस्या भएका नगरपालिकाका बासिन्दालाई निःशुल्क परामर्श र आवश्यक औषधीको ब्यबस्था गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।

नारायण नगरपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सिएमसी) को सयुक्त साझेदारीमा सञ्चालित सामुदायिक सामाजिक स्वास्थ्य कार्यक्र र कोभिड १९ सन्दर्भमा सञ्चालित लैगिक हिंसा रोकथामका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउँदै आगामी दिनमा सेवा बिस्तार गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो “परिवारमा कलह र झैझगडा, कसैको किशोरावस्थामा प्रेमसम्बन्ध र यौन जीवनका विविध समस्याका कारण नागरिकमा पर्नसक्ने मानसिक समस्या, समाजमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न सबै नागरिक जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएपछि त्यहाँका नागरिकलाई त्यही परामर्श कक्ष स्थापना गरेर समस्या समधान गर्न आफू लागेको बताउनुभयो । नारायण नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक लालबहादुर खड्काले नगरपालिकामा मात्र दुईसयभन्दा बढी नागरिकमा मानसिक समस्या भएको बताउनुभयो ।

मानसिक समस्या भएका नागरिकलाई मनोसामाजिक परामर्शको माध्यामबाट समाधान गर्न चिकित्सकसँंग निरन्तर समन्वय गरिरहेको बताउनुभयो । नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले मानसिक समस्या परेका नगरपालिकाका नागरिकहरुका लागि आवश्यक औषधी खरिद र मनोसामाजिक परामर्श दिने काम भइरहेको छ । १० जना मनोसामाजिक परामर्शकर्ताले सेवा दिइरहेको बताउँदै आगामी दिनमा समस्या समाधान गर्न नीति तथा बजेटको ब्यवस्थापन गरेर कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?