logo
२०८० चैत्र १६ शुक्रवार



बस्केटबलमा आर्मी ए च्याम्पियन

खेलकुद |


बस्केटबलमा आर्मी ए च्याम्पियन


काठमाडौं, मङ्सिर १९ गते । त्रिभुवन आर्मी क्लब ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगिताको जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमीकभर्डहलमा आइतबार भएको फाइनलमा आर्मी ‘ए’ ले गोल्डेनगेट ‘ए’ लाई २१–१५ अकले हरायो ।

उपाधिसँगै आर्मी ‘ए’ ले ४० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता गोल्डेनगेट ‘ए’ ले २० हजार रुपियाँमा चित्त बुझायो ।

ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा आर्मी ए का विनोद महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।

उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा सञ्चालित तीन दिने प्रतियोगितामा २० टोलीको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?