logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना विरुद्धको दुई करोड खोपको मात्रा मौज्दात छ : मन्त्री खतिवडा

स्वास्थ्य |


कोरोना विरुद्धको दुई करोड खोपको मात्रा मौज्दात छ : मन्त्री खतिवडा


काभ्रेपलाञ्चोक, मङ्सिर १८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताउनुभएको छ । उहाँले दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गर्नुभयो ।

नेकपा ९एकीकृत समाजवादी० रोशी गाउँपालिका–६ को वडा भेलालाई आज सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गर्नुभएको हो । मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताउनुभयो । “कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला”, उहाँले भन्नुभयो ।

मन्त्री खतिवडाले हालसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु ।”

मन्त्री खतिवडाले फरक प्रसङ्गमा निर्वाचनलगायत गतिविधिमा वामपन्थी एक भएर अघि बढ्ने जिकिर गर्नुभयो । “एमालेबाहेक हामी एकै ठाउँमा हुन्छौँ,” उहाँले भन्नुभयो । एमालेबाट कम्युनिष्ट आन्दोलन सम्भव नभएकाले अर्को दल खोल्नुपरेको उहाँको भनाइ थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक सह–इन्चार्ज मुकुन्द गौतम, जिल्ला सदस्यद्वय जगत तामाङ र विशाल तामाङ, रोशी गाउँपालिकाका इन्चार्ज लार्साङ तामाङ, रोशीका अध्यक्ष जगत शाह, उपाध्यक्ष राजेन्द्र तामाङलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?