logo
२०८१ बैशाख १३ बिहीवार



प्रन्या जबरा सरकारी निवासबाटै काममा, बारकाे आन्दोलन नराेकिने

मुख्य समाचार |


प्रन्या जबरा सरकारी निवासबाटै काममा, बारकाे आन्दोलन नराेकिने



काठमाडौं, मङ्सिर १७ गते । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारी निवासबाटै सर्वोच्च अदालतका काम गर्ने बताइएकाे छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट शुक्रबार बिहान डिस्चार्ज भएपछि प्रधानन्यायाधीश जबरा सरकारी निवास जानुभएको हो ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले प्रधानन्यायाधीश जबराले निवासबाट अदालतका दैनिक काम गर्नुहुने बताउनुभयो । ‘प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । डिस्चार्जपछि उहाँ सरकारी निवास जानुभएको छ ।

उहाँले अदालतका दैनिक काम अनलाइनबाट गर्नुहुनेछ,’ सूचना अधिकारी ढकालले भन्नुभयो, ‘अहिले प्रधानन्यायाधीशले तोक्नुहुन्न । गोलाप्रथाबाट तोकिन्छ । यसबाहेक अदालतका अन्य काम उहाँले अनलाइनबाट गर्नुहुनेछ ।’
सर्वोच्चमा आजका लागि गोलाप्रथाबाट ११ इजलास गठन भएको छ । शुक्रबारका लागि दुई एकलसहित नौ संयुक्त इजलास गठन भएको सर्वोच्चले जनाएको छ ।

न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलास, मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलास, हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलास गठन गरिएको छ ।

त्यसैगरी, विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलास, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलास, अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको छ ।

त्यसैगरी, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुँयालको संयुक्त इजलास, सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलास, तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलास तोकिएको छ । त्यस्तै, हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाका लागि एकल इजलास तोकिएको छ ।

यता, नेपाल बार एशोसिएसनले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विरोधका कार्यक्रम नरोक्ने जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विरोधका कार्यक्रम हरेक दिन गर्ने जानकारी दिनुभयो ।

कार्यालय समयमा हरेक दिन एक घण्टा धर्ना दिएपछि मात्र इजलासमा बस्न्रे उहाँले जानकारी  दिनुभयाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?