logo
२०८० चैत्र १५ बिहीवार



युथ एथलेटिक्स च्याम्पियनसिप अर्को साता

खेलकुद |


युथ एथलेटिक्स च्याम्पियनसिप अर्को साता


काठमाडौँ, मङ्सिर १६ गते । एथलेटिक्स परिवार नेपालको आयोजनामा मङ्सिर २० र २१ गते युथ एथलेटिक्स च्याम्पियनसिप हुने भएको छ । दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा यू–१६, यू–२० तर्फ २८ वटा ट्रयाक एण्ड फिल्डमा प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।

च्याम्पियनसिपमा बंगलादेशका पाँच महिला र सात पुरुष खेलाडीको सहभागिता रहनेछ । नेपालका विभिन्न स्कुल र कलेजमा दुई सय ५० खेलाडीको सहभागिता रहने जानकारी पनि अध्यक्ष खत्रीले दिनुभयो ।

सोही अवसरमा नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष एवं ओलम्पियन रघुराज वन्तले उदियामान एथलेटिक्स खेलाडी विर्सना कुमाललाई एक सेट ‘स्पाइक’ जुत्ता सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?