logo
२०८१ बैशाख १२ बुधवार

  एमालेको १० औँ महाधिवेशन  



उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित, मतदान मंगलबार बिहान २ देखि ८ बजेसम्म (सूचीसहित)

राष्ट्रिय |
राजनीति |
पढ्नै पर्ने |


उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित, मतदान मंगलबार बिहान २ देखि ८ बजेसम्म (सूचीसहित)


काठमाडौं, मङ्सिर १३ गते । नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि अन्तिम नामावली प्रकाशित भएको छ । सोमबार राति केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीमा एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावल तथा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अष्ट लक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, सुवास चन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णसुप्रसाद रिमालले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेट र लेखराज भट्टले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी मतदानको समय पनि सरेको छ । सोमबार राति ९ बजेदेखि १ बजेसम्म हुने भनिएको मतदान मंगलबार बिहान २ बजेदेखि ८ बजेसम्म हुने भएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन ढिला भएपछि मतदानको समय सारिएको निर्वाचन समितिले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?