logo
२०८० चैत्र १६ शुक्रवार



अनलाइनबाट लेखा परीक्षण

अर्थ |
मुख्य समाचार |


अनलाइनबाट लेखा परीक्षण


महालेखा परीक्षकको कार्यालयले यो वर्षदेखि विद्युतीय प्रणाली (अनलाइन)बाट लेखा परीक्षण गर्ने भएको छ । परम्परागत हस्त लिखित (म्यानुअल) प्रणालीलाई पूर्ण रूपमा विस्थापन गरेर अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको कार्यालयले जनाएको छ ।
विद्युतीय प्रणाली कार्यान्वयनमा आए पनि परम्परागत प्रणालीमा देखिएको झन्झटबाट मुक्ति मिल्ने र सेवा प्रवाह चुस्त हुने विश्वास लिइएको महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पनि हाम्रो लेखा परीक्षणको काम अन्तर्राष्ट्रियस्तरकोे छ । आउने दिनमा पनि कार्य सम्पादनमा कमी हुन दिने छैनौँ । सूचना प्रविधिको प्रयोगले झन् सहज बनाइदिनेछ ।”

कार्यालयले लेखा परीक्षण कार्यलाई प्रभावकारी बनाउन छ वर्षे कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याइसकेको छ । शर्माका अनुसार अबदेखि लेखा परीक्षणको योजनादेखि प्रतिवेदन लेखनसम्मको काम सूचना प्रविधिबाटै हुनेछ । कार्यालयबाट हरेक वर्ष छ हजार कार्यालयको लेखा परीक्षण हुँदै आएको छ । यी सबै काम अहिले केन्द्रीय कार्यालयबाट हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?