logo
२०८१ बैशाख ८ शनिवार



दमौली अस्पतालमा रुघाखोकी र निमोनियाका बिरामी बढे

स्वास्थ्य |
प्रदेश |


दमौली अस्पतालमा रुघाखोकी र निमोनियाका बिरामी बढे
दमौली अस्पतालमा उपचारको लागि भर्ना भएका बिरामीहरु तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, मङ्सिर ९ गते । जाडो बढेसँगै तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा रुघाखोकी, ज्वरो र निमोनियाका बिरामी बढेका छन् ।

सामान्य अवस्थामा १५० जना बिरामी आउने गरेकोमा हाल दैनिक २५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको दमौली अस्पतालका सुपरिटेण्डेन्ट डा. सुनिल पौड्यालले जानकारी दिनुभयो ।

अस्पतालमा आएका बिरामीमध्ये अधिकांश रुघाखोकी र निमोनियाका बिरामी धेरै रहेको डा. पौड्यालले बताउनुभयो । ‘यति बेला चिसो मौसम भएकाले रुघाखोकी र

निमोनियाको बिरामी धेरै आउने गरेका छन्’ डा. पौड्यालले भन्नुभयो । तनहुँको अतिरिक्त गोरखा र लमजुङ बिरामी दमौली अस्पतालमा आउने अस्पतालले जनाएको छ । ६० देखि ६५ प्रतिशत बिरामी व्यास नगरपालिकाका आउने गरेको डा. पौड्यालले जानकारी दिनुभयो ।

‘यतिबेला पनि कोरोनाको सङ्क्रमण कायमै रहेकाले बिरामीहरुलाई मास्क लगाउन, साबुन पानीले हात धुन, भ्याक्सिनहरु लगाउन सुझाव दिँदै आएका छौं’ डा. पौड्यालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?