logo
२०८१ बैशाख ४ मंगलवार



जाजरकोट अस्पतालमा अक्सिजन प्लान्ट जडान

स्वास्थ्य |


जाजरकोट अस्पतालमा अक्सिजन प्लान्ट जडान
 जिल्ला अस्पताल जाजरकोटमा जडान गरिएको अक्सिजन प्लान्ट । तस्बिर–सहदेव बस्नेत



सहदेव बस्नेत
जाजरकोट, मङ्सिर ९ गते । पचास शैयाको जिल्ला अस्पताल जाजरकोटमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । पूर्वमन्त्री तथा जाजरकोटका प्रतिनिधि सभा शक्तिबहादुर बस्नेतले हिजो उद्धघाटन गरेसँगै अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख टीकाराम जैसीले अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएसँगै उत्पादन समेत थालिएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जडान भएको अक्सिजन प्लान्टको शुद्धता ९० प्रतिशतसम्म रहेको प्रमुख जैसीले बताउनुभयो ।
यसमा जडान भएको बुस्टरले प्रतिदिन ४० लिटर क्षमताका ४० वटा सिलिन्डर भर्न सक्छ । जैसीका अनुसार ७५ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान भएको हो ।
दोस्रो कोरोना माहामारीको बेला अक्सिजन प्लान्ट नहुँदा अक्सिजन सिलिण्डर भर्न नेपालगञ्ज, सुर्खेत पठाउनुपर्ने बाध्यता रहेको बताउँदै जैसीले अब जाजरकोटमै उत्पादन हुने भएकाले एकदमै सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।
कम्तीमा १० वर्षसम्म यो प्लान्टद्धारा अक्सिजन उत्पादन हुने उहाँको भनाइ छ । छिमेकी जिल्ला डोल्पा र रुकुमलाई समेत राहत पुग्नेछ । कर्णालीका सुर्खेत, जुम्लामा मात्र ५० शैयाको अस्पताल रहेको छ । अक्सिजन प्लान्टको उद्धघाटन गर्दैै पूर्वमन्त्री बस्नेतले जाजरकोटले आठ वर्षदेखि यता स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार आएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?