logo
२०८१ बैशाख ७ शुक्रवार



नेपाली विद्यार्थी मर्कामा

शिक्षा |


नेपाली विद्यार्थी मर्कामा


चाँदनी हमाल

काठमाडौँ, कात्तिक २८ गते । कोभिड–१९ महामारी विगत दुई वर्षयता मत्थर हुने क्रममा छ तर एउटा देशबाट अर्को देशमा आवतजावत भने अझै सहज हुन सकेको छैन । आवतजावत अवरुद्ध हुँदा चीनमा पढ्ने नेपाली विद्यार्थी मर्कामा परेका छन् ।
महामारीबाट जोगिन घर फर्केका विद्यार्थीको भविष्य अन्योलमा परेको गुनासो झापा सुरुङ्गाका दिव्यप्रकाश राय गर्नुहुन्छ । उहाँ एमबीबीएस पढ्न चीनको ग्वान्सी प्रान्तको विश्वविद्यालय पुग्नुभयो । एक वर्षको भाषा अध्ययन र बाँकी पाँच वर्षको चिकित्सकीय अध्ययन पनि पूूरा गर्नुभयो ।
एकवर्षे चिकित्सकीय अभ्यास गर्नुपर्ने समयमै महामारीको जालो चीनमा फैलन थाल्यो । जसका कारण विश्वविद्यालयकै सल्लाहमा केही समयका लागि भनेर उहाँ सन् २०२० को फेब्रुअरीमा नेपाल फर्कनुभयो । तर, फर्कने समय दुई वर्ष बितिसक्दा पनि आएन । उहाँले भन्नुभयो, “लाग्ने खर्च सबै तिरिसकियो, इन्टर्नसिप गर्न नपाउँदा पढेको व्यर्थजस्तो भइसक्यो, कि त नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिनुप¥यो नभए फर्कनका लागि अनुमति सरकारले दिलाइदिनुप¥यो ।” उहाँको समूहमा नेपालबाट २३ जना चिकित्सा अध्ययनका लागि चीन पुगेका थिए । तीमध्ये करिब पाँच जना उतै बसे । बाँकी स्वदेश फर्केका थिए ।
उहाँजस्तै चीन सरकारले दिएको छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न चीन पुग्नुभएका बैतडीका अर्जुन जोशी पनि आफ्नो भविष्य अन्योलमा परेको गुनासो गर्नुभयो । हरेकपल अभ्यास गरिरहनुपर्ने विषय हो– इन्जिनिरिङ तर त्यो दुई वर्षअघिदेखि छुटेको छुट्यै छ ।
चीनको थेन्चिन युनिभर्सिटीले अहिले केही समययता अनलाइन कक्षा सुरु गरेको छ । त्यसले विषयगत ज्ञान दिए पनि त्यसको अभ्यास नहुँदा पढेको कुनै तुक नभएको अनुभव उहाँले सुनाउनुभयो । पूूरै छ वर्षमध्ये हालसम्म डेढ वर्षको कोर्स बल्लबल्ल पूूरा हुने क्रममा छ।
उहाँ थप्नहुन्छ, “विश्वविद्यालय पुगेर पढरन पाए, पढेको कुरा व्यावहारिक रूपमै सिक्न पाइन्थ्यो, सरकारले छिट्टै चीन सरकारसँग अनुमति लिइदिए हुन्थ्यो । ”
चीनमा अध्ययन गरिरहेकामध्ये धेरै विद्यार्थी कोरोना महामारीको सुरुवाती चरणमै स्वदेश फर्के । उडान स्थगित भएपछि अलपत्र परेका १७० जनालाई नेपाल सरकारको पहलमा २०७६ साल फागुन ४ गते स्वदेश फर्काइएको थियो । यसरी फर्केकामात्र हैन, नयाँ अध्ययनका लागि चीन जान तयार भएका धेरै विद्यार्थी नो अब्जेक्सन लेटर हातमा लिएर अनुमति पर्खिरहेको नेपाल चाइना इजुकेसनल एन्ड कल्चरल सेन्टरका प्रबन्धक डा. किशोर शाही बताउनुहुन्छ । उहाँ आफैँ पनि अध्ययनका लागि चीन जाने तर्खरमा हुनुहुन्छ तर अनुमति नखुल्दा अल्झिनुपरेको सुनाउनुभयो ।
सहज हुँदै गएको अवस्थामा चीनमा अध्ययनरत विद्यार्थी पठाउन शिक्षा मन्त्रालयले भरमग्दुर पहल गरिरहेको मन्त्रालयका सहप्रवक्ता दीपक शर्माले बताउनुभयो । तर, अरूको देशमा विद्यार्थी पठाउने कुरा नेपाल सरकारको भन्दा पनि सम्बन्धित देशकै सरकारको हातमा रहने हुँदा ढिला भएको उहाँको भनाइ छ ।
शिक्षा मन्त्रालयको विदेश विभागअन्तर्गत रहेको नो अब्जेक्सन लेटर शाखाका प्रमुख नारायण पोखरेलका अनुसार २०६८ साल साउनदेखि कोरोना महामारी सुरु हुँदाको बखत २०७६ माघसम्म चीनमा अध्ययनका लागि १० हजार १७८ जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए । त्यसपछि पछिल्लो समय २०७७ भदौदेखि हालसम्म १३७ जना विद्यार्थीले चीनमा अध्ययन प्रयोजनका लागि नो अब्जेक्सन लेटर लिएका थिए ।
सनर १९५० देखि चीनले विदेशी विद्यार्थी अध्ययनका लागि अनुमति दिन सुरु गरेको थियो । त्यहाँका ३१ प्रदेशका ३६३ विश्वविद्यालयमा विदेशका विद्यार्थीले अध्ययन गर्न पाउने व्यवस्था रहेको काठमाडौँस्थित चिनियाँ दूतावासले उल्लेख गरेको छ । दूतावासको विवरणअनुसार सनर २००१ सम्म १६९ देशका ६१ हजार ८६९ विद्यार्थीले चीनमा अध्ययन गरेका थिए ।
त्यसयता पनि चीनमा उच्च शिक्षा अध्ययनका लागि जान नेपाललगायत विभिन्न मुलुकका विद्यार्थीको चासो उच्च रहेको पाइन्छ । चीनमा अध्ययन गर्दै गरेर नेपाल आएका र पुनः जान नपाएका विद्यार्थीलाई चीनमा जाने वातावरण मिलाइदिनका लागि परराष्ट्रमन्त्री डा. नारायण खडरकाले नेपालस्थित चीनका राजदूत होउ यान्छीमार्फत पनि आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?