logo
२०८१ बैशाख ७ शुक्रवार



२९७ जना नयाँ सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

स्वास्थ्य |


२९७ जना नयाँ सङ्क्रमित थपिए, ११ जनाको मृत्यु


काठमाडौं, कात्तिक १३ गते । पछिल्लो २४ घण्टामा २९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ३१६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ५९५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ७५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३९९ पुगेको छ ।

त्यस्तै नेपालमा हाल नौ हजार ५२६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?