logo
२०८० चैत्र १६ शुक्रवार



५२७ जना नयाँ कोरोना सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

स्वास्थ्य |


५२७ जना नयाँ कोरोना सङ्क्रमित थपिए, दुई जनाको मृत्यु


काठमाडौं, कात्तिक ११ गते । पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ८४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ५०७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३८२ पुगेको छ ।

त्यस्तै नेपालमा हाल १० हजार २३६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?