logo
२०८० चैत्र १६ शुक्रवार



महिला फुटबल : गैँडाकोट विजयी 

खेलकुद |


महिला फुटबल : गैँडाकोट विजयी 


       
काठमाडौँ, असोज १० गते । गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।    
    
 सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटाैँडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुआत गरेको हो । गैँडाकोटको जीतमा ऋतु तामाङले खेलको ५६औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल साबित भयो ।    
    
 जीतसँगै समूह ‘एफ’को गैँडाकोटले तीन अङ्क जोडेको छ भने नकआउट चरणमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ । प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १० समूहमा विभाजन गरेको छ ।    
    
 प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेता टोलीले रु. पाँच लाख तथा उपविजेताले रु. तीन लाख पाउनेछन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?