logo
२०८० चैत्र १५ बिहीवार



परीक्षा स्थगित गरी सांस्कृतिक कार्यक्रम, विद्यार्थीको भविष्यमाथि खेलवाड

शिक्षा |
प्रदेश |
समाज |


परीक्षा स्थगित गरी सांस्कृतिक कार्यक्रम, विद्यार्थीको भविष्यमाथि खेलवाड
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा हुँदै गरेको सांस्कृतिक कार्यक्रम । तस्विर - शिवशंङ्कर मिश्र



शिवशङ्कर मिश्र
बारा, कार्तिक १० गते । प्रथम त्रैमासिक परीक्षा स्थगित गरी सामुदायिक विद्यालयमा सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर–१२ सितलपुर टोलस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा बुधबार प्रथम त्रैमासिक परीक्षा स्थगित गरी आज सांस्कृतिक कार्यक्रम भइरहेकाले परीक्षा नै प्रभावित भएको अभिभावकले बताएका छन् ।
स्थानीयबासीमा सम्झदारी नभएकाले बालबालिकाको भविष्य अन्धकारमा राखेर परीक्षा स्थगित गरी विद्यालय परिसर भित्र सांस्कृतिक कार्यक्रम गराइएको अभिभावक मुनीलाल यादवले बताउनुभयो ।
परीक्षा अघि वा परीक्षा सकेपछि विद्यालयको सट्टा अर्को ठाउँमा साँस्कृतिक कार्यक्रम गर्न सकिन्थ्यो, दुर्भाग्यवश आजको नाच कार्यक्रमले परीक्षामा केन्द्रित भएको विद्यार्थीको दिमाग परीक्षाभन्दा अन्यतिर गएकाे उहाँले जिकिर गर्नुभयो ।
कातिक ७ गतेदेखि विद्यालयमा सुरु भएको परीक्षा आज भने गणित विषयको परीक्षा रहेकाले आज गरिने गणित विषय बिहीबार परीक्षा गरिने नगर शिक्षा समिति सदस्यसमेत रहनुभएका विद्यालय प्राध्यानाध्यापक राजकिशोर सहनीले बताउनुभयो ।

दिउँसो ११ बजेदेखि १ बजेसम्म जारी परीक्षामा यस विद्यालयका कक्षा एकदेखि आठ कक्षासम्म करिब तीन सय २० जना छात्रछात्राको जाँच प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।
विद्यालय परिसरभित्र नै मुआमाईको मन्दिर रहेको तथा केही दिन अधि मुआमाईको मेलामा मनोरञ्नजनका लागि ४० हजार रुपियाँमा कार्यक्रम राखिएको थियो ।
लगातार वर्षाको कारण सो मेलामा नाच हुन नसकेपछि परीक्षा स्थगित गरेकाे  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ प्रसाद यादवले स्वीकार गर्नुभयो ।
यसरी परीक्षा स्थगित गर्नु गल्ती भएको कलैया उपमहानगरपालिका वडा नम्बर–१२ का वडा अध्यक्ष राजेश्वरप्रसाद केशरीले भन्नुभयो ।
विद्यालयमा परीक्षा स्थगित नगरी रातको समयमा गर्न सुझाव दिए पनि बेवास्ता गरेको कलैया नगरप्रमुख राजेश राय यादवले जानकारी दिनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?