logo
२०८१ बैशाख ८ शनिवार



तानेको पानीले झुलेको बाला

अर्थ |


तानेको पानीले झुलेको बाला


गोकर्ण दयाल

बैतडी, कात्तिक १० गते । हिउँदे वर्षाले देशका अधिकांश ठाउँमा धानबालीमा क्षति पु¥याए पनि बैतडीको तिरखडेनीमा स्थानीय रातो मसिनो धान दोब्बरले फलेको छ । दशरथचन्द नगरपालिका–१० को तिरखडेनीमा लहलह झुलेका धान भिœयाउन किसानलाई भ्याइनभ्याई छ ।
बैतडीमा पहिलो पटक महाकालीको पानी तानेर गरेर गत साउन १५ गते तिरखडेनीका किसानले रोपाइँ गरेका थिए । गाउँमा पहिलो पटक महाकालीको पानीले धान उत्पादन बढ्दा तीर्थजल आएको हो कि ! जस्तो लागेको स्थानीय अगुवा महिला किसान शान्ति बुडालले बताउनुभयो ।
“यसअघि आकाशे पानीको भरमा रोपाइँ गर्दा उत्पादन हुँदैनथ्यो, बुडालले भन्नुभयो, “महाकालीको पानी आएपछि धानको एउटै बालामा १८० भन्दा बढी दाना लागेका छन् । विगतका वर्षमा खाद्यान्न किनेर खानु प¥थ्यो । यो वर्ष घरायसी खाद्यान्न आपूर्ति गरेर बेच्न पनि
पुग्ने भएको छ । ”
धानको बालामा एक सयभन्दा बढी दाना फले अब्बल उत्पादन मानिने कृषि प्राविधिक ललिता जोशीले बताउनुभयो । कृषि प्राविधिक जोशीले भन्नुभयो, “प्रतिरोपनी २३३ किलो धान फलेको तथ्याङ्क आएको छ । ”
महाकालीको पानी तान्दा तिरखडेनी गाउँको ३५२ रोपनी जग्गामा सिँचाइ पुगेको स्थानीय कृषक प्रताप बुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “महाकालीको पानी आएपछि यो वर्ष गाउँमा पहिलो पटक धानबाली बढी फलेको छ । अन्नबालीसँगै तरकारी खेतीसमेत फस्टाएको छ । कृषि ज्ञान केन्द्रले ४० क्विन्टल आलुको बीउ दिएको छ । कृषि प्राविधिक गाउँमै आएर सहयोग गरिरहनुभएको छ । ”
दशरथचन्द नगरपालिका बैतडीको १५ लाख रुपियाँ आर्थिक सहयोग र कृषि क्षेत्रमा काम गर्दै आइरहेको स्थानीय रुडेस संस्थाले महाकालीको पानी लिफ्ट गरेर तिरखडेनीमा सिँचाइ पु¥याएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो ।
तिरखडेनीका स्थानयवासी महकाली पानी लिफ्ट गर्न जुर्मुराएपछि रुडेस÷अक्सफाम नेपालको प्राविधिक सहयोग र दशरथचन्द नगरपालिकाको आर्थिक सहयोगमा महाकालीबाट पानी तानेर भएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो ।
जोशीले भन्नुभयो, “नेपाल–भारत दुवै देशको सीमा क्षेत्रमा बग्ने महाकाली नदीबाट लिफ्ट सिँचाइ योजना बनाउन निकै चुनौती थियो । यसका लागि नेपाल–भारत दुवै देशका स्थानीय सरकारसँग समन्य ग¥यौँ । असारमा सबैतिर रोपाइँ भइसकेको थियो । हामीले साउन १५ मा दुवै देशका जनप्रतिनिधि बोलाएर रोपाइँ ग¥यौँ । खुसीको कुरा अहिले तिरखडेनीमा दोब्बर धान फलेको छ । ”
नजिकै महाकाली नदी बगे पनि आकाशे पानीको भरमा खेती गर्दै आइरहेका तिरखडेनीवासीको बाध्यता देखेर लिफ्ट सिँचाइ योजना उपलब्ध गराएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?