logo
२०८१ बैशाख ८ शनिवार



बेमौसमी वर्षाले सात प्रदेशमा आठ अर्बको क्षति, कहाँ कति ?

अर्थ |
पढ्नै पर्ने |


बेमौसमी वर्षाले सात प्रदेशमा आठ अर्बको क्षति, कहाँ कति ?


काठमाडौं,कात्तिक ८ गते । अघिल्लो हप्ता परेको बेमौसमी बर्षाका कारण धानबालीमा भएको क्षतिको प्रारम्भिक विवरण आएका छन् । देशका सातै प्रदेशमा भएको क्षतिको प्रारम्भिक विवरण प्राप्त भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।
प्रारम्भिक विवरण अनुसार आठ अर्व २६ करोड ८० लाख रुपैँया बढीको धानबाली क्षति भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । बर्षाका कारण ८५ हजार ५८० हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ भने दुई लाख ८५ हजार ५०९ हेक्टर क्षेत्रफलमा असर परेको छ । जसका कारण तीन लाख २५ हजार २५८ मेट्रिक टन धान नष्ट भएको मन्त्रालयका प्रबक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।
प्रदेश १ का झापा ,मोरङ् र सुनसरी तीन जिल्लामा सात हजार ४९२ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ८० करोड रुपैँया बढीको २८ हजार ४६९ मेट्रिक टन धानमा बर्षाले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ का सप्तरी,सिराहा र सर्लाही तीन जिल्लामा पाँच हजार ३५५ हेक्टर क्षेत्रफलमा लगाईएको धानमा क्षति पुगेको छ । प्रदेशभर ५६ करोड रुपैयाँ बढीको २० हजार ३५० मेट्रिक टन धानमा बर्षाले क्षति पुर्याएको छ ।
बागमती प्रदेशका चितवन र नुवाकोट दुई जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ५ करोड ८० लाख बढीको दुई हजार ६८ मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।
यस्तै गण्डकी प्रदेशका स्याङ्जा,कास्की र पूर्वि नवलपरासी तीन जिल्लामा एक हजार १९२ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर १३ करोड बढीको चार हजार ५३० मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।
लुम्बिनी प्रदेशका बाँके,बर्दिया, कपिलबस्तु र रुपन्देही चार जिल्लामा ४२ हजार ४२७ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर चार अर्व ५१ करोड बढीको एक लाख ६१ हजार ४२३ मेट्रिकटन धानमा बर्षले क्षति पुर्याएको छ ।
कर्णली प्रदेशका डोल्पा,जुम्ला ,सल्यान र सुर्खेत चार जिल्लामा १० हजार ५८४ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ। प्रदेशभर ३० करोड बढीको ४० हजार २१९ मेट्रिकटन धानमा क्षति पुर्याएको छ ।
यस्तै सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा लगाईएको धानमा क्षति पुगेको छ । प्रदेशभर एक अर्ब ९१ करोड रुपैँयाभन्दा धेरै मुल्यको ६८ हजार चार सय मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?