logo
२०८१ बैशाख ७ शुक्रवार

  जाेखिममा स्वास्थ्यकर्मी  



बागमती प्रदेशमा हालसम्म पाँच हजार ८९१ स्वास्थ्यकर्मी सङ्क्रमित, १२ को मृत्यु

स्वास्थ्य |


बागमती प्रदेशमा हालसम्म पाँच हजार ८९१ स्वास्थ्यकर्मी सङ्क्रमित, १२ को मृत्यु


काठमाडौं,कार्तिक ७ गते । नेपालमा कोरोना महामारी सुरु भएपछि अहिलेसम्म नौ हजार ४९२ स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन भने ४० जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।बागमती प्रदेशमा सबैभन्दा बढी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी एवम् सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।
सङ्क्रमणका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या पनि बागमती प्रदेशमै बढी छ ।
यस प्रदेशमा हालसम्म पाँच हजार ८९१ जना स्वास्थ्यकर्मीहरु कोरोना सङ्क्रमित भएका छन् भने १२ जनाको सक्रमणकै कारण मृत्यु भएको छ ।
यता गण्डकी प्रदेशमा भने अहिलेसम्म कारोना सङ्क्रमणका कारण कुनै पनि स्वास्थ्यकर्मीको ज्यान नगएको डा.अधिकारीले बताउनुभयो । जहाँ अहिलेसम्म ३७४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
प्रदेश १ मा एक हजार २९० जना स्वास्थयकर्मी सङ्क्रमित भएका छन् भने पाँच जनाको सङ्क्रमणकै कारण मृत्यु भएको छ । प्रदेश २ मा ५४३ जना सङ्क्रमित भएका छन भने ११ जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।
यता गण्डकी प्रदेशमा ३७४ जना स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा कसैको पनि ज्यान गएको छैन । लुम्बिनी प्रदेशमा ८२३ जना स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा आठ जनाको सङ्क्रमणकै कारण मृत्यु भएको छ ।
कर्णाली प्रदेशमा ३१७ स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा दुई जनाको सङ्क्रमणकै कारण मृत्यु भएको छ र सुदूरपश्चिम प्रदेशमा २५४ स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा दुईको सङ्क्रमणकै कारण मृत्यु भएको डा.अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?