logo
२०८० चैत्र १६ शुक्रवार



बाढी पहिरोले अवरुद्ध विद्युत सेवा आजबाट देशैभर सूचारु हुने

अर्थ |


बाढी पहिरोले अवरुद्ध विद्युत सेवा आजबाट  देशैभर सूचारु हुने



काठमाडौं, कात्तिक ४ गते । सोमबारदेखि लगातार परेको पानीका कारण आएको बाढी पहिरोले अवरुद्ध विद्युत विहीबार साँझदेखि दशैभर सूचारु हुने भएको छ । क्षतिभएका ठूला योजनाहरु विहानैदेखि सूचारु भइसकेको र बाँकी साना आयोजनाहरू साँझदेखि सञ्चालनमा आउने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेसबहादुर भटट्राईले बताउनुभयो ।

सुनसरीको दुहवी सवस्टेशन पूर्णरुपमा क्षति पुगेपनि विहीबार विहानदेखि सुचारु भइसकेको छ । यता निर्माणधीन अवस्थामा रहेको इनरुवा सवस्टेशनको थप मर्मत कार्य शुरु भएको भटट्राईले जानकारी दिनुभयो । यता, कैलालीको अत्तरीयादेखि दार्चुलाको चमेलिया जलविद्युत आयोजनासम्म जाने १३२ केभिए ट्रान्समिसन लाइन मंगलबारदेखि अवरुद्ध भएपनि भर्खरै सूचारु भएको प्राधिकरणले जनाएको छ ।

अन्य ११ र ३३ केभिए लाइनमा समेत बाढी पहिरोकाकारण पोल ढलेकाले क्षति पुग्दा विद्युत प्रशारणमा अवरुद्ध भएको छ । देशैभर भएको क्षतिलाई मर्मत कार्य भइरहेकाले साँझसम्म सबैतिर विद्युत आपुर्ती भइसक्ने प्राधिकरणले जनाएको छ । बाढी पहिरोले सिन्धुलीमा मात्र २५० वटा विद्युत पोल ढलेपछि ११ केभिए प्रशारण लाइन अवरुद्ध भएको थियो । बाढीपहिरोकै कारण झापा र मोरङको बीचमा पर्ने लोन्द्रा खोलाले १३२ केभीको ३७ नम्बर प्रशारण लाइनमा क्षति पु्र्याएको थियो । ढल्केबर र लहानबीचमा पर्ने घुर्मी खोलाले १३२ केभीको ५२५ नम्बर प्रशारण लाइनमा क्षति पुर्याएको थियो ।

यता मनकामना रिभरसाइड होटल नजिकैको १३२ केभिएको ७३ नम्बर प्रसारण लाइन, रौतहटको धन्सार खोला नजिकको १३२ केभिएको प्रशारण, २२ मेगावाटको माण्डु हाइड्रोपावर, २५ मेगावाटको मादी जलविद्युत आयोजनामा क्षति पुर्याएको थियो । यी क्षति भएका आयोजनाहरु मर्मतकोक्रममा रहेको प्राधिकरणले जनाएको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?