logo
२०८० चैत्र १५ बिहीवार



कैलालीमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु

स्वास्थ्य |
खुला |
प्रदेश |


कैलालीमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु


चाँदनी आचार्य
लम्की (कैलाली) कातिक १ गते । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले कैलालीको गोदावरी नगरपालिका ७ का ६० वर्षीय पुरुष र कञ्चनपुरको बेल्डाडी गाउँपालिका २ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । “अहिले अस्पतालमा ७ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ” उहाँले भन्नुभयो । जसमध्ये ६ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेकोे उहाँले बताउनुभयो ।

यस्तै अस्पतालमा थप ३ जना नयाँ बिरामी भर्ना भएका छन् । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्या २०२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?