logo
२०८१ बैशाख ८ शनिवार



दूधपोखरी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर   

स्वास्थ्य |


दूधपोखरी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर   



लमजुङ, असोज ३१ गते । बडादसैँकाे अवसरमा दूधपोखरी गाउँपालिका–२ मा सञ्चालन गरिएको तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ५०० जनाको स्वास्थ्य परीक्षण भएको छ । नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा विश्वराज दवाडी र डा खिलास दवाडीले बिरामीको परीक्षण गर्नुभएको थियो ।    
    
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले व्यक्तिगत तबरबाट पनि यस खालका शिविर सञ्चालन गर्दै आएको डा दवाडीले बताउनुभयो । गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उहाँले बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने बताउनुभयो ।    
    
निजी स्रोतबाट बिरामीलाई झण्डै रु १५ लाख मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको समाजसेवी कालिकाप्रसाद दवाडीले जानकारी दिनुभयो । वडाध्यक्ष गोविन्द दवाडीले आगामी दिनमा यस्ता शिविर सञ्चालनका लागि गाउँपालिकाले पनि सहजीकरण गर्ने बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?