logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तानमा भूकम्पबाट एक सयभन्दा बढी घाइते

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा भूकम्पबाट एक सयभन्दा बढी घाइते


बलुचिस्तान, असोज २२ गते । पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सयभन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन् । यद्यपी केही समाचार संस्थाले यहाँ कम्तीमा पनि १५० जना घाइते भएका जनाएका छन् ।

बिहीबार बिहानै ५.९ रिक्टर स्केलको भूकम्प गएको र यसमा परी कम्तीमा २० जनाको मृत्यु भएको हिजो सरकारी अधिकारीहरुले जानकारी दिएका थिए । भूकम्पमा परेका मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्

घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । घाइते भएकामध्ये कतिपयको अवस्था गम्भीर भएकोले अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाहले सो प्रान्तका प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको जनाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?