logo
२०८० चैत्र १६ शुक्रवार



आँखा शिविरमा २१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

स्वास्थ्य |
समाज |


आँखा शिविरमा २१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया



ललितपुर, असाेज १८ गते । सामुदायिक स्वास्थ सेवा केन्द्र नागबहाल र ललितपुर महानगरपालिका वडा १६ को संयुक्त आयोजनामा जेष्ठ नागरिक केन्द्रित निःशुल्क आँखा शिविरमा २५८ जनाले स्वास्थ्य सेवा लिनुभएकाे छ ।

नेपाल आँखा अस्पतालका वरिष्ठ आँखा विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल तथा डा. किरण शाक्यको नेतृत्वमा निःशुल्क जाँच तथा औषधि वितरण गरिएको उक्त शिविरमा २१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको शिविर संयोजक मोतिशान्ती शाक्यले बताउनुभयाे ।

मधुमेह, ब्लड प्रेसर भएका अन्य १८ जनाको नेपाल आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको वडाध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिनुभयाे ।

९० वर्षीय वृद्धासमेतको सहभागिता रहेकाे उक्त शिविरमा आँखादान र छालादानका कार्यक्रमसहित हिरण्यवर्ण महाविहारका 'दशपारमिता आजु' अर्थात् महाविहारका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियाे ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?