logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौं उपत्यकामा चार हजार ४१७ जना सक्रिय संक्रमित, बुधबार ३३५ जना थपिए

स्वास्थ्य |


काठमाडौं उपत्यकामा चार हजार ४१७ जना सक्रिय संक्रमित, बुधबार ३३५ जना थपिए


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १३ गते । कोरोना भाइरसका कारण बुधबार काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा २६५, ललितपुरमा ४२ र भक्तपुरमा २८ जना कोरोना भाइरसका नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विफ्रिङमा जनाइएको हो ।
योसँगै उपत्यकामा चारहजार ४१७ जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौंमा दुई हजार ५१७, ललितपुरमा एक हजार ७२ र भक्तपुरमा ८२८ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, उपत्यकाका तीन जिल्लासहित आठवटा जिल्लाहरुमा पाँचसय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?