logo
२०८० चैत्र १६ शुक्रवार



‘पर्यटन क्षेत्र चलायमान बन्छ’

पर्यटन |


‘पर्यटन क्षेत्र चलायमान बन्छ’


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । कोरोना महामारीको अवस्था नेपालमा सामान्य हुँदै गएकाले अब पर्यटन क्षेत्रलाई चलायनमान बनाउन सकिने अवस्था आएको सरोकारवालाले औँल्याएका छन् । ४२औँ विश्व पर्यटन दिवस मनाउन आयोजित एक कार्यक्रममा अब सबै सरोकारवाला विदेशी पर्यटक भित्र्याउने र आन्तरिक पर्यटनका गतिविधिलाई पनि बढावा दिनुपर्ने बेला आएको औँल्याइएको हो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपालको पर्यटन क्षेत्रलाई गतिशील बनाउन निजी क्षेत्रको सक्रियता आवश्यक देखिएको औँल्याउनुभयो । कोरोना महामारीको मापदण्ड परिमार्जन भएर कोरोनाविरुद्ध खोप लगाएका पर्यटक क्वारेन्टाइन बस्नुपर्ने अवस्था सरकारले अन्त्य गरिदिएको र देशभित्र पनि वातावरण सहज बन्दै गएकाले त्यसलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

“अब कोरोनाविरुद्ध खोप लगाएका पर्यटकबिना क्वारेन्टाइन घुमफिरमा सहभागी हुनसक्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो, “अब निजी क्षेत्रले पर्यटकका लागि प्याकेज बनाउने र प्रचारप्रसार गरेर विभिन्न गन्तव्यमा पु¥याउने कार्यमा सक्रियता देखाउनुहोस् । ”
सचिव कोइरालाले पर्यटन क्षेत्रको दीर्घकालीन विकास गर्न नीतिगत सहजीकरणका लागि सरकार सदैव तत्पर रहेको भन्दै समस्याका समाधान निकाल्न निजी क्षेत्रको सक्रियता पनि कम देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो । “हामी जुनसुकै समस्या छन् भने त्यसको सहजीकरण गर्न र उपयुक्त निकास खोज्न तयार छौँ,” उहाँले भन्नुभयो, “तर समस्या यो छ यसरी समाधान निकाल्न सकिन्छ भन्ने योजना लिएर तपाईंहरू आउनुपर्छ बाहिर कुरा गरेर मात्र अर्थ रहन्न । ”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले अबको समय सरकारलाई दोष देखाउने मात्र नभएर सर्वपक्षीय जिम्मेवारयुक्त सक्रियता आवश्यक रहेको औँल्याउनुभयो । “पर्यटक भिœयाउन सरकारले सीमा नाका तथा विमानस्थललाई सहज बनाइसकेको छ,” उहाँले भन्नुभयो, “अब हाम्रा संरचना परिचालन गरेर पूर्वाधारलाई सक्रिय पारेर पर्यटनलाई लयमा फर्काउन लागौँ । ”

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले भने सरकारको नीतिगत अन्योलले पर्यटन प्रवद्र्धनमा नकारात्मक असर परेको औँल्याउनुभयो । सरकारले पर्यटन क्षेत्रलाई पूर्ण विकास गराउन सक्रिय भूमिका निर्वाह नगर्दा व्यवसायी तथा सरोकारवालाले समस्या सामना गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो जिम्माका काम सही ढङ्गले सम्पादन नगर्ने परिपाटीले नेपालको पर्यटन क्षेत्र सधैँ पीडित बन्नुपरेको छ । ”
सरकारले आफैँले ल्याएका नीतिसमेत कार्यान्वयनमा नल्याउने दुःखद अवस्था अझै जारी रहेको उहाँको भनाइ थियो । सरकारले बजेट वक्तव्यमार्पmत सार्वजनिक गरेको कर्मचारीलाई पर्यटन बिदामा पठाउने घोषणा कार्यान्वयनमा आलटाल गरिरहेको उहाँको भनाइ थियो । “बजेटबाट आन्तरिक पर्यटनलाई चलायमान बनाउन ठूलो योगदान पु¥याउने कार्यक्रम घोषणा गरेर हामीलाई उत्साहित गरियो,” उहाँले भन्नुभयो, “तर चार महिनासम्म त्यसको कार्यविधि नल्याएर जिल्ल पारिएको छ, किन यस्तो ?”
कार्यक्रममा पर्यटनका विभिन्न क्षेत्रमा योगदान पु-याएका विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरणसमेत गरिएको थियो । गत वर्ष कोरोना महामारीका कारण प्रदान गर्न नसकिएका सम्मान पनि सोही अवसरमा वितरण गरिएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?