logo
२०८० चैत्र १६ शुक्रवार



एक हजार १०३ जना सङ्क्रमित थपिए एक हजार ५५० निको, ९ को मृत्यु

स्वास्थ्य |


एक हजार १०३ जना सङ्क्रमित थपिए एक हजार ५५० निको, ९ को मृत्यु


काठमाडौं, असोज ८ गते । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १०३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.०३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५५० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ८१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७२ हजार ५९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने २० हजार २८७ जना छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?