logo
२०८१ बैशाख ७ शुक्रवार

  के नेपालमा काेराेनाकाे नयाँ भेरियन्ट सम्भावना टरेकाे हाे ?  



 जोखिम कायमै, ९० प्रतिशतलाई खोप नलगाएसम्म ढुक्क हुन सकिँदैन

स्वास्थ्य |


 जोखिम कायमै, ९० प्रतिशतलाई खोप नलगाएसम्म ढुक्क हुन सकिँदैन


काठमाडौं,असोज ८ गते । नेपाालमा पछिल्लो समय कोरोना भाइरसको डेल्टा भेरियन्ट सक्रिय छ । यो भेरियन्ट छिटो सङ्क्रामक हुने भएकाले यसलाई भेरियन्ट अफ कन्सर्न नाम दिइएको छ । भेरियन्ट अफ कन्सर्नमा योसँगै अल्फा, बिटा,गामा भेरियन्ट पनि छन् ।

भारईसहरु समयसमयमा उत्परिवर्तन (म्युटेसन) भैराख्ने भएका कारण त्यसबाट उत्पन्न हुने भेरियन्टहरु खतरनाक पनि हुनसक्ने विज्ञहरुले बताउँदै आएका छन् ।
यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पहिलो लहरमा अल्फा भेरियन्ट देखापरेको र दोस्रो लहरदेखि हालसम्म डेल्टा भेरियन्ट सक्रिय रहेको बताउनुभयो । अहिले विश्वका धेरै देशमा यो भाइरसले आक्रामक रुप लिएकाले जहाँ कोरोना भाइरस पुगेको छ त्यहाँ नयाँ म्युटेसन हुने खतरा रहेको उताउनुभयो । नेपालमा पनि नयाँ म्युटेसन हुने खतरा रहेको उहाँले बताउनुभयो । पछिल्लो समय सङ्क्रमण दर घटेको भए पनि जोखिम कायम रहेको उहाँको भनाइ छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि भाइरसहरुको म्युटेसन नियमित हुने भएकाले खोपको पहुँच पर्याप्त मात्रामा नभएसम्म नयाँ म्युटेसनको जोखिम कायम नै रहेको बताउनुभएको छ । कोरोनाविरुद्धको खोपको पहुँच ९० प्रतिशत जनसङ्ख्यामा नपुग्दै डेल्टा भेरियन्ट जत्तिकै सङ्क्रामक भेरियन्ट नेपालमा देखिए अवस्था जटिल पनि हुनसक्ने उहाँको भनाइ छ ।

“कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरुमा भाइरसको भार बढी देखिएको छ यसकारण पनि सचेतना जरुरी छ” उहाँले भन्नुभयो । खोपको सबैको पहुँचमा पुगेमात्र थप नयाँ भेरियन्ट देखापरे पनि दोस्रो लहरको जस्तो भयावह स्थिति नआउने पुनको भनाई छ ।

यस्तै माइक्रोबायोलोजिष्ट डा.प्रकाश घिमिरेले कोरोना भाइरस आरएनए भाइरस भएका कारण म्युटेसन सामान्य कुरा भएको बताउनुभयो । तर ९० प्रतिशत जनसङ्ख्याले खोप नलगाएसम्म नयाँ म्युटेड भेरियन्टको जोखिम कायम रहने उहाँको भनाइ छ । कोरोना भाइरसको जुनसुकै भेरियन्ट वा म्युटेसनको लागि खोपको अलावा स्वास्थ्य मापदण्डको पालना, मास्कको प्रयोग र स्यानिटाइजरको प्रयोग आवश्यक रहेको घिमिरेको भनाइ छ । दशै, तिहार जस्ता चाडवाडमा स्वास्थ्य मापदण्डको पालना नगर्ने र भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुसँग घुलमिल बढ्दा सङ्क्रमणको जोखिम अझै बढ्दै जान सक्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?