logo
२०८० चैत्र १५ बिहीवार



मौरी पालनमा रमाउँदै कृषक, मह बेचेर लखपति

अर्थ |


मौरी पालनमा रमाउँदै कृषक, मह बेचेर लखपति


अमरराज नहर्की
तनहुँ, असोज ८ गते । कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्गे कमाउन सकिन्छ भन्ने उदाहरण तनहुँका एक मौरी पालक कृषक बन्न सफल बन्नुभएको छ । साढे दुई आना जग्गामा बनेको घरको छत, वरण्डा पेटी, एक रोपनी जमिन मौरी पालन गरेर व्यास नगरपालिका–१ गल्वुवेशीका रामनाथ मिश्रले लोभलाग्दो कमाई गरिरहनु भएको छ । मह र मौरी विक्री गरेर कृषक मिश्र लखपति बन्नुभएको छ ।
मह र मौरी विक्री गरेर वार्षिक आठ लाख ५० हजार रुपियाँ आम्दानी भएको कृषक मिश्रले बताउनुभयो । सिप र जाँगर हुने हो भने धन कमाउन धेरै लगानी र जमिन चाहिँदैन भन्ने उदाहरण कृषक मिश्र बन्नुभएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुहुन्छ । तिवारी जिल्लाका मौरी पालक नमुना कृषक मध्येमा मिश्र पर्ने गरेकोले मौरी पालन गर्नेलाई उहाँको फर्म देखाएर ज्ञान दिने गरिएको बताउनुभयो । मह तथा मौरी किन्न ग्राहक घरमा नै आउने गरेको गरेको कृषक मिश्रले बताउनुभयो ।
वार्षिक रुपमा मानाको एक हजारमा चारसय माना मह घरैबाट ग्राहकले किनेर लगेको र कुल चार लाख ५० हजार रुपियाँको मह विक्री र मौरीको घार विक्री गरी खर्च कटाएर पाँच लाख रुपियाँ गरी करीव आठ लाख आम्दानी भएको कृषक मिश्रले जानकारी दिनुभयो । मिश्रले ९० घार सेरेना जातका मौरी पाल्नु भएको छ । यो वर्ष पानी धेरै परेकोले मौरीले मह सङकलन थोरै गरेकोले डेढ लाख रुपियाँ कम नाफा भएको मिश्रले जानकारी दिनुभयो । ‘‘यो वर्ष पानी धेरै परेकोले फूलको रस बगाउँदा मौरीले धेरै मह सङ्कलन गर्न नसक्दा कम नाफा भयो’’ मिश्रले भन्नुभयो । घरमै आएर ग्राहकले लाने क्रम बढेसँग तीन घारबाट शुरु गरेर ९० घार पु¥याएको मिश्रले बताउनुभयो । महको माग पु¥याउन नसकेर १३० वटा घार बनाउने गरी योजना बनाईसकेको मिश्रले जाकारी दिनुभयो ।
निराश भयो भने पेशाबाट सफलता प्राप्त नहुने , काम गर्दै जाँदा ज्ञान बढ्ने हुँदा सङ्घर्षबाट सफलता मिल्ने मिश्रको भनाई । प्रतिघार १० हजार रुपियाँमा मौरी विक्री हुने उहाँले जानकारी दिनुभयो । विदेश गएका कतिपय युवाको घर आउँदा श्रीमती नहुने, विभिन्न रोगव्यथीको शिकार बन्नु पर्ने जस्ता समस्या हुने गरेको उदारण दिँदै कृषक मिश्रले लाज नमानी स्वदेशमै काम गर्दा विदेशको कमाई गर्न सकिने बताउनुहुन्छ । समय खेर नफाल्ने हो समय तालिका बनाएर विदेशको झैं काम गर्ने हो भने स्वदेशमै धन कमाउन सकिन्छ’’ मिश्रले भन्नुभयो ।
नेपाली युवाले विदेशमा मोबाईलमा बौल्न पनि राम्रोसँग पूmर्सद नहुने गरेर काम गर्ने गरेको सोही अनुसारको नेपालमा पसिना बगाउने हो भने आम्दानी लिन सकिने मिश्रको भनाई छ । ‘जे गर्दा पनि हुन्छ हरेश खान भएन निरन्तरता दिनु पर्छ सफलता हात लाग्छ’ मिश्रले भने, शुरुका दिनमा मौरी पाल्ने तरिकाको ज्ञान नहुँदा घार खाली भए म निराश नभई सिक्दै गएँ अहिले सफलता मिलेको छ मौरीले राम्रो चरण गर्न पायो भने एक घारबाटै वार्षिक रुपमा एकपाथी मह निकाल्लन सकिने कृषक मिश्रले जानकारी दिनुभयो ।
प्रत्येक घरमा फूलका विरुवा लगाउने, सडक वरपर फूल फूल्ने बाटो हुर्काउने, वगैंचा बिस्तार गर्ने हो भने सुन्दरता पनि बढ्ने र मौरी पालन गरेर आम्दानी पनि लिन सहज हुने सुझाव मिश्रले दिनुभयो । डिभिजन वन कार्यालयले विरुवा बाढ्दा फूल फूल्ने विरुवा बाढ्दा कृषकलाई फाईदा हुने हुँदा त्यसमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । व्यवसायमा सफलता मिलेपछि कृषि ज्ञान केन्द्रबाट ४० घार अनुदान पाएकोले व्यवसाय वृद्धि गर्न सहज भएको मिश्रले जानकारी दिनुभयो । १२ घर मौरी आमाको मृत्यु भएपछि सही व्यवस्थापन गर्न नजाँदा मौरीले घर छाडेको तितो अनुभव उहाँले सुनाउनु भयो । ‘‘घर नजिकैको कामुनाको रुखमा मौरी आएर बसेको देखेपछि पछि मौरी लक्षिनको हुन्छ भनेर मौरी पालन घरमा पुनः शुरु भयो’’ मिश्रले भन्नुभयो ।
घर नजिककै फेरि एक मौरीको गोलो आएको देखेपछि त्यसलाई स्याउ ढुवानीमा प्रयोग हुने काठको बाकस प्रयोग गरी मौरी पालन शुरु गरेको र त्यसैलाई विस्तार गरी ९० घार पालिरहेको र छुट्टाउँदै आईरहेको उहाँले जानकारी दिनुभयो । ‘मह बेच्न कतै जान परेको छैन घरैबाट विक्री भएकोले विस्तार गरिरहेको छु’ मिश्रले भन्नुभयो । लामो समायदेखि मौरी पालन गरेपनि ६ वर्ष अघि देखि व्यवसायिक रुपमा मौरी पालन गर्दै आएको मिश्रले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?