logo
२०८० चैत्र १५ बिहीवार



विश्वका १० उत्कृष्ट सहरमा चाँगुनारायण

खुला |


विश्वका १० उत्कृष्ट सहरमा चाँगुनारायण


गोरखापत्र समाचारदाता

भक्तपुर, असोज ८ गते । सूचना र प्रविधिको क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहरभित्र परेको छ ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा चाँगुु उत्कृष्ट १० मा परेको हो ।
नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीको क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा विश्वका ३८ वटा देशका नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकालाई विश्वकै उत्कृष्ट १० सहरभित्र परेको हो ।
उक्त प्रणालीअन्तर्गत नगरपालिकाले गरेको हरेक कामलाई सर्वसाधारण नागरिकले सहजै हेर्न सक्ने गरी वेबसाइटमा अपलोड गरिएको छ । उक्त वेबसाइटमा डाटा अपलोड गरिएको मूल्याङ्कनका आधारमा गत शुक्रबार नगरपालिकालाई उत्कृष्ट सहरभित्र पारिएको नगरपालिकाले जनाएको छ ।
द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा नगरपालिकाको तर्फबाट नगरपालिकाको सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले सहभागिता जनाउँदै आउनुभएको थियो । नगरपालिका उत्कृष्ट सहरभित्र परेसँगै आगामी दिनमा नगरपालिकालाई सूचना र प्रविधिका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको तालिम लिन सहज बन्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?