logo
२०८१ बैशाख १३ बिहीवार



ल्याब स्थापनापछि जिल्ला अस्पतालमा भन्दा ४० प्रतिशत कम शुल्कमा उपचार

स्वास्थ्य |


ल्याब स्थापनापछि जिल्ला अस्पतालमा भन्दा ४० प्रतिशत कम शुल्कमा उपचार



राजन रावत
हुम्ला असोज ७ गते । सामुदायिक अस्पतालमा आफ्नै ल्याब सेवा स्थापना भएपछि जिल्ला अस्पताल भन्दा ४० प्रतिशत कम शुल्कमा उपचार हुन थालेको छ । बिरामीलाई राहात पर्याउनका लागि गाउँपालिकाले निर्णय गराएर शुल्क कम लिन थालिएको हो ।
खार्पुनाथ गाउँपालिकाले ल्याब स्थापना गरेपछि बिरामीका सबै प्रकारका उपचार गर्न सहज भएको छ । यसले चिकीत्सकबाट चेकजाँच गरे पनि ल्याब परीक्षण गर्न जिल्ला अस्पताल वा बाहिर जानु पर्ने बाध्यता समेत हटेको छ । खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँका रत्नबहादुर शाहीले उपचारका साथै परीक्षणको रिपोर्ट पनि अब गाउँपालिकामै हुन सुरु भएपछि बिरामीलाई राहत मिलेको बताउनुभयो । सुगरको परीक्षण समेत गर्नुभएका उहाँले यसअघि चिकीत्सकसँग चेकजाँच मात्र गर्ने र अन्य परीक्षण गर्न जिल्ला अस्पताल वा बाहिर जानु नपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले यसबाट बिरामीलाई सुबिधाका साथै आर्थिक ब्ययभार पनि कम हुने गरेको बताउनुभयो ।
गाउँपालिकाको स्वास्थ्य शाखाका ल्याब टेक्निसियन रमेश बहादुर शाहीले सेवा सञ्चालन भएसँगै हाललाई सुगर, मृग्यौला, मुटु, कलेजो, बाथरोग, एचआईभी, हेपाटाईटिस, बी सी, बीर्य, गर्भजाँच, दिसा, पिसाव, शरीरमा रगतको मात्रा, सिबीसी, रक्त समूह, टिबी, डेण्टल, अल्बोमिन, कोरोनालगायत ४० प्रकारका रोगको परीक्षण भइरहेको बताउनुभयो । उहाँले ल्याबका लागि आवश्यक उपकरण र सामाग्रीको ब्यबस्था पनि राम्रो भएको कारण बिरामीलाई सेवा छिटो र सहज रुपमा दिन सहज भएको बताउनुभयो । ल्याब सञ्चालन भएयता ५२ जनाको परीक्षण कार्य समेत पुरा भएको बताउँदै उहाँले गाउँपालिकाका नागरिकलाई अन्य भन्दा सस्तोमा शुल्क लग्ने गरिएको बताउनुभयो । त्यो संगै जिल्ला अस्पतालले ल्याब परीक्षण गर्दा लिने शुल्क भन्दा ४० प्रतिशत कममा सेवा दिने गरिएको स्वाब शाखाले जनाएको छ । गाउँपालिका बाहेक अन्य सेवाग्राहीहरुको पनि उपचार हुने गरेको छ । ल्याबका लागि आबश्यक जनशक्तिमा एक जना स्टाप नर्स र ल्याब टेक्निसियनबाट सेवा सञ्चालन हुदै आएको छ । त्यो संगै ल्याबका लागि आवश्यक बायो क्यामिष्ट्रेट एनलाईजर, माइक्रोस्कोप, हट एयर ओभन जस्ता महङ्गा उपकरणको व्यबस्था गरिएको छ । सामुदायिक अस्पताल समेत गाउँपालिकामै सञ्चालन हुँदै आएको कारण परीक्षणपछि बिरामीलाई बाहिर पठाउनु नपरेको जनाइएको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले ल्याबको स्थापनाले उपचारका लागि सहज हुनुका साथै सेवाग्राही सन्तुष्ट रहेको बताउनुभयो । ल्याबका लागि उपकरणहरु ‘छाँया नेपाल’ले सहयोग गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?