logo
२०८० चैत्र १५ बिहीवार



मालिका गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा

स्वास्थ्य |
प्रदेश |


मालिका गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा


तिलाचन पाण्डे
तम्घास, असोज ७ गते । मालिका गाउँपालिका गुल्मी जिल्लामै पहिलो पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषण भएको छ । बिहीबार मालिका गाउँपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले प्रसूति गाउँपालिका घोषणा गर्नुभएको हो ।

प्रसूति गाउँपालिका घोषणा गर्दै पराजुलीले अब घरमै महिलाहरु जोखिम मोलेर बच्चा जन्माउनु पर्ने अबस्थाको अन्त्य भएको दाबी गर्नुभयो । पहिले महिला घरमै जोखिम मोलेर बच्चा जन्माउने गरेको स्मरण गर्दै कतिपय महिला स्वास्थ्य संस्थामा जान नपाएर घरमै , बाटोमै आमा र बच्चा दुबैको ज्यान जोखिममा पर्नेगरेको बताउनुभयोे ।

गाउँपालिकाका ८ वटै स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरहरुबाट सुरक्षित रुपमा प्रसूति सेवा प्रदान हुँदैआएको स्वास्थ्य संस्थाका प्रमुख बसन्तराज भुसालले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा गाउँपालिकाको बिभिन्न स्वास्थ्य संस्थाहरुमा २४३ जना महिला सुरक्षित रुपमा प्रसूति भएको भुसालले बताउनुभयो । यस्तै यस आर्थिक वर्षमा २५ जना महिला स्वास्थ्य संस्थामा प्रसूति भएको जानकारी दिनुभयो ।

अहिले गर्भवति महिलालाई घरदेखि स्वास्थ्य संस्थानसम्म र स्वास्थ्य संस्थादेखि घरसम्म निशुल्क एम्बुलेन्सको ब्यवस्था समेत रहेको छ । साथै महिलालाई स्वास्थ्य संस्थाबाट पाल्पालगायत अन्य स्थानमा रेफर गर्नुपरेमा गाउँपालिकाले निशुल्क एम्बुलेन्सको ब्यवस्था गरेको छ ।
वडा नम्बर ६ गर्भवती महिलाको पहिचान गर्नका लागि घरमा हरियो झण्डा राखेर सुरु गरेको थियो । सोही कार्यक्रमलाई प्रभावकारी बनाउँदै सवै वडामा बिस्तार गर्दै लगिएको गाउँपालिकाका अध्यक्ष रीतबहादुर थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?