logo
२०८० चैत्र १६ शुक्रवार



लमजुङमा कोरोना सङ्क्रमित वृद्धको निधन

स्वास्थ्य |
प्रदेश |


लमजुङमा कोरोना सङ्क्रमित वृद्धको निधन


बेलिना थापा
लमजुङ, असोज ७ गते । लमजुङमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित एक वद्धको निधन भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएर जिल्ला अस्पताल लमजुङमा उपचाररत मर्स्याङ्दी गाउँपालिका ८ का ८८ वर्षीय वद्धको निधन भएको हो । असोज ५ गते कोभिड वार्डमा भर्ना भएर उपचाररत बृद्धको बिहीबार बिहान साढे ६ बजे निधन भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । ती वृद्धमा कोराना सङ्क्रमणसँगै निमोनियाको समेत समस्या देखिएको अस्पतालले जनाएको छ ।

कोभिड सङ्क्रमित वृद्धको निधनप्रति अस्पताल परिवारले श्रद्धाञ्जलि अर्पण गरेको छ । मृतकको बेंसीशहर नगरपालिका १ उदीपुरस्थित श्रीजंग गणको शव व्यवस्थापन टिमले शव व्यवस्थापन गरेको छ । कोरोना सङ्क्रमणका कारण लमजुङमा यसअघि ३६ जनाको मृत्यु भइसकेको छ । बिहीबार एकजना थप भएसँगै लमजुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?