logo
२०८० चैत्र १६ शुक्रवार



हात्तीको आक्रमणबाट महिलाको मृत्यु 

खुला |


हात्तीको आक्रमणबाट महिलाको मृत्यु 
सांकेतिक तस्बिर


 
 
जयकृष्ण यादव 
मधुवन(सुनसरी), असोज ४ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनमा हातीको आक्रमणबाट एक महिलाको सोमबार साझ मृत्यु भएको छ।  
मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका वडा ११ की ६५ वर्षीया मगनी खत्वे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । 
 
कार्कीले दिनुभएको जानकारी अनुसार खत्वे घाँस काट्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीले आक्रमण गरेको थियो । 
 
आरक्षणको जङ्गल नजिक मधुवनस्थित खेतमा घाँस काट्न गएकी खत्वेको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयवासी राजकुमार सालले बताउनुभयो । मृतक एकल रहेको इलाका प्रहरी कार्यालय चक्रघटीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयो। मृतकको परिवारमा दुई जना छोरा, बुहारी, नाति र नातिनी रहेका छन् भने मृतकको शव पोष्टमार्टमको लागि इनरुवा अस्पताल ल्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?