logo
२०८१ बैशाख ८ शनिवार



हुम्ला कोरोना मुक्त जिल्ला

स्वास्थ्य |
खुला |


हुम्ला कोरोना मुक्त जिल्ला


राजन रावत
हुम्ला असोज ४ गते । हिमाली जिल्ला पहिलो पटक कोरोना मुक्त भएको छ । नयाँ क्रङ्क्रमित नदेखिएका र आइसोलेशनमा भएका सबै संङ्क्रमित निको भएर घर फर्किएपछि जिल्ला कोरोना मुक्त भएको हो ।

स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी भक्ति फडेराले कोरोनाको दोस्रो लहर सुरु भए यता जिल्ला पहिलो पटक कोरोना मुक्त भएको बताउनुभयो । उहाँकाअनुसार सातवटै गाउँपालिकामा स्थापना गरिएका होम आइसोलेशन र आइसोलशन तथा रानीवनको आइसोलसनमा भएका संङ्क्रमित सबै निको भएर घर फिर्ता हुँदा आइसोलेसन केन्द्र शुन्य भएको हो ।

उहाँले जिल्लाभरि कोरोना लक्षणसँग मिल्ने बिरामी कोही पनि नदेखिएको कारण परिक्षण कार्य पनि घटेको बताउनुभयो । आबश्यक किट र उपकरण प्रयाप्त भएकोले जतिखेर पनि परिक्षण गर्न सकिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । केहीको परिक्षण गरिए पनि संङ्क्रमित नदेखिएको जिल्ला अस्पतालले जनाएको छ ।
सातवटै गाउँपालिका र जिल्ला अस्पतालको आइसोलेशनमा छ जना संङ्क्रमित रहँदै आउनुभएकोमा सबै जना आईतबार बेलुका निको भएर घर फर्केपछि जिल्ला कोरोना मुक्त भएको फडेराले बताउनुभयो । संङ्क्रमित नभएपछि सबैतिर स्थापना गरिएका आइसोलेसन खाली रहेका छन् । जिल्लाभरि कुल तीन हजार १३० जनाको कोरोना परिक्षण गर्दा ३९९ जनामा कोरोना देखिएकोमा ३९४ जना निको भएर घर फिर्ता भएको र पाँच जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा अस्पतालमा एक जना, मृत्युपश्चात सिमकोट गाउँपालिकामा दुई जनामा कोरोना देखिएको थियो । त्यसैगरि सर्केगार्ड र चंखेलीमा एक–एक जनाको मृत्यु भएको थियो । गाउँपालिकाकाअनुसार कोरोना संङ्क्रमित हुने संख्यामा नाम्खामा १४, खार्पुनाथमा ५७, सर्केगार्डमा ६३, चंखेलीमा ५२, अदानचुलीमा ५६, ताँजाकोटमा ३७, सिमकोटमा नौ र जिल्ला अस्पतालमा १११ जनामा कोरोना देखिएको थियो । संक्रमित मध्ये दुई जनालाई हेलिकोप्टर चार्टड गरी उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?