logo
२०८१ बैशाख १२ बुधवार



चार सय जनाको आँखा परीक्षण

स्वास्थ्य |
खुला |


चार सय जनाको आँखा परीक्षण


गोरखापत्र समाचारदाता

भक्तपुर, असोज ४ गते । संविधान दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले रक्तदान र निःशुल्क आँखा शिविरको आयोजना गरेका छन् । नेपाल–भारत मैत्री मञ्चद्वारा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गर्नुुभएको जानकारी मञ्चका अध्यक्ष नरेशप्रसाद बाँस्कोटाले दिनुुभयो ।
यसैगरी भक्तपुरस्थित सरस्वती विद्यागृह माध्यमिक विद्यालयका विद्यार्थी समूह–२०४२ र लायन्स क्लब अफ अब्बल भ्याली तथा लियो क्लब अफ अब्बल भ्यालीले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा २७ पिन्ट रगत सङ्कलन भएको हो । त्यसैगरी नगरकोट –नाल्दुम पर्यटन विकास समितिद्वारा आयोजित निःशुल्क आँखा शिविर कार्यक्रममा चार सय जनाको आँखा परीक्षण गरिएको छ । स्थानीय बासिन्दा, पर्यटन कर्मचारी र व्यवसायीहरूको आँखा जाँच गरी आवश्यक औषधि वितरण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?