logo
२०८० चैत्र १५ बिहीवार



लोपोन्मुख धुनहरुको कार्यक्रम सम्पन्न

मनोरञ्जन |


लोपोन्मुख धुनहरुको कार्यक्रम सम्पन्न



गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३ गते । थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुको प्रस्तुति ‘हाम्रो धुन ः हाम्रो धड्कन’ सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।
प्रभाकरदेव शर्माको शब्द, विपिन घिमिरेको संगीत र शारदा देवी सिलवालको नृत्य निर्देशन रहेको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रमा क्रमशः वालुङ समुदायको घाना ढाकी किला (घर पैँचो गीत), थारु समुदायको थारपैयाँ भाका, सौका समुदायको झुम्का भाका, वालुङ समुनायको लुङ्मा ठामी पाङ्सोम देमुना(लोकभाका) प्रस्तुत गरिएको थियो ।
यस्तै, थारु समुदायको ढुङ्ग्रु भाका, सौका समुदायको छलिया भाका, वालुङ समुदायको ठिही फामी ङाक्छ्याङ अर्थात अर्ती उपदेशको गीतको भाका, थारु समुदायको हुर्दङ्या भाका र सौका समुदायको छिराबैरा भाका गरी तीन समुदायका नौ वटा लोपोन्मुख भाकाहरुको प्रस्तुत गरियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?